BIZMANDU
www.bizmandu.com

धितोपत्र बोर्डले मार्जिन ट्रेडिङ कार्यविधि अध्ययन थाल्यो, सकेसम्म छिटो कार्यान्वयनमा ल्याउने

२०७४ फागुन ११

धितोपत्र बोर्डले मार्जिन ट्रेडिङ कार्यविधि अध्ययन थाल्यो, सकेसम्म छिटो कार्यान्वयनमा ल्याउने
धितोपत्र बोर्डले मार्जिन ट्रेडिङ कार्यविधि अध्ययन थाल्यो, सकेसम्म छिटो कार्यान्वयनमा ल्याउने

काठमाडौँ। नेपाल धितोपत्र बोर्डले मार्जिन ट्रेडिङको कार्यविधिलाई अन्तिम रुप दिने तयारी थालेको छ। कार्यविधिको प्रारम्भिक अध्ययन भइरहेको र छिट्टै नै अन्तिम रुप दिएर कार्यान्वयनमा लैजाने बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए।

Tata
GBIME
Nepal Life

बजारको माग र आवश्यकतालाई मध्यनजर गर्दै जति सक्दो चाँडो स्वीकृतिको लागि बोर्ड बैठकमा लैजाने गिरीको भनाइ छ।

गत कार्तिक २१ गते बोर्डले १० बुँदे निर्देशन जारी गर्दै नेप्सेलाई मार्जिन ट्रेडिङको कार्यविधि बानाउने जिम्मा दिएको थियो। बोर्डले दिएको निर्देशनअनुसार नेप्सेले कार्यविधि बनाई गत आइतबार अन्तिम स्वीकृतिको लागि बोर्ड पठाएको छ।

मार्जिन ट्रेडिङको कार्यविधि स्वीकृत भए लगत्तै लगानीकर्ताले सदस्य दालालमार्फत शेयर खरिद बिक्री गर्न ऋण पाउने छन्। लामो समयदेखि लगानीकर्ताले सदस्य दलालमार्फत मार्जिन सम्बन्धि कारोबार गर्न पाउनुपर्ने माग गर्दै आएका थिए।

सदस्य दलालले पनि आफ्नो कार्य क्षेत्र विस्तार गर्न दबाब बढाएका थिए। सदस्य दलालबाटै ऋण उपलब्ध हुँदा लगानीकर्तालाई सहज हुने र बजार विस्तारमा सहयोग पुग्ने बोर्डको अपेक्षा छ।