BIZMANDU
www.bizmandu.com

नेपाल राष्ट्र बैंकमा १५१ लार्इ जागिरको अवसर, अनलार्इन प्रणालीबाट मात्रै आवेदन दिन पाइने

२०७४ फागुन ११

नेपाल राष्ट्र बैंकमा १५१ लार्इ जागिरको अवसर, अनलार्इन प्रणालीबाट मात्रै आवेदन दिन पाइने
नेपाल राष्ट्र बैंकमा १५१ लार्इ जागिरको अवसर, अनलार्इन प्रणालीबाट मात्रै आवेदन दिन पाइने

काठमाडौं। नेपाल राष्ट्र बैंकले प्रशासन र प्राविधिक सेवाकालागि एकसय ५१ जना कर्मचारी माग गरेको छ। बैंकले अधिकृत स्तरको सहायक निर्देशकको लागि ४५ जना, सहायक द्धितीय स्तरको सहायक पदको लागि ९६ जना र सहायक द्धितीय स्तरको सूचना प्रविधिको लागि सहायक पदमा १० जनाकालागि अवसर खुला गरेको छ।
सहायक निर्देशक पदका लागि अर्थशास्त्र, वाणिज्यशास्त्र, व्यवस्थापन वा जनप्रशासनमा स्नातकोत्तर गरेको हुनु पर्ने जनाएको छ।

Tata
GBIME
Nepal Life

त्यस्तै सहायक द्धितिय पदकालागि प्लस टु वा सो सरह पास गरेको हुनुपर्ने छ भने सूचना प्रविधिक पदको लागि कम्युटर इन्जिनियरिङमा तीन वर्षे डिप्लोमा गरेको हुनु पर्नेछ।

उक्त पदमा  अनलार्इन प्रणालीबाट दरखास्त  दिनुपर्ने हुँदा नेपाल राष्ट्र बैंकको वेबसाइटबाट फारम भर्नुपर्ने बैंकले जनाएको छ।

दरखास्त आवेदनको  अन्तिम म्याद चैत्र १ गतेसम्म रहेको छ। बैंकका अनुसार आवेदन दिँदा आवश्यक प्रमाणपत्र स्क्यान गरी आवेदनमा समावेश गर्नु पर्नेछ।