BIZMANDU
www.bizmandu.com

पर्यटन बोर्डका तत्कालीन सिइओ सुवास निरौला भ्रष्टाचारी ठहर, ७ वर्ष कैद र ८० लाख जरिवाना तोकियो

२०७४ फागुन १०

काठमाडौं। एउटै टिकट नम्बरबाट फरक फरक मितिमा यात्रा गरेको झुटो विवरण पेश गरी भ्रष्टाचार गरेको भन्दै विशेष अदालतले नेपाल पर्यटन बोर्डका तत्कालीन प्रमुख कार्यकारी अधिकृत सुवास निरौलासहित तीन जनालाई भ्रष्टाचारी ठहर गरेको छ। 
 
अख्तियारले विभिन्न १० आरोप लगाउँदै निरौलासहित २३ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो। २० जनाले भने विशेष अदालतबाट सफाई पाएका छन्। 
 
१० वटा आरोपमध्ये तीनवटा मुद्दामा उनीहरु दोषी देखिएका छन्। पर्यटन प्रवर्द्धन कार्यक्रमअन्तर्गत विभिन्न संस्थालाई अनियमित हिसाबले पैसा बाँढेको र मदिरा खरिद गरेको नक्कली बिल पेश गरी अनियमितता गरेको विशेष अदालतले ठहर गरेको छ। बाँकी सात आरोपमा अख्तियारको दावी नपुगेको विशेषको ठहर गरेको छ। 
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा निरौला, बोर्डका लेखा अधिकृत अनिलकुमार दास र पर्यटन व्यवसायी एवं एसिएन ट्राभल एन्ड टुर्सका सञ्चालक महेन्द्र खनाल भ्रष्टाचारी ठहर भएका छन्। 
 
विशेष अदालतले निरौलालाई ७ वर्ष कैद र ८० लाख ५१ हजार ३६२ रुपैयाँ जरिवाना तथा ५४ लाख ५९ हजार ७२३ रुपैयाँ बिगो तोकेको छ। यस्तै दासलाई ६ वर्ष कैद र ५० लाख २९ हजार ५४ रुपैयाँ जरिवाना तथा २४ लाख ३७ हजार ४१५ रुपैयाँ बिगो तोकिएको छ भने खनाललाई १ लाख ५४ हजार २२४ हजार रुपैयाँ बिगो र त्यति नै जरिवाना तोकिएको छ। 
 
अख्तियारले उनीहरुले तीनजनासहित २३ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो। बाँकी २० जनाले भने सफाई पाएका छन्। 

Tata
GBIME
Nepal Life

यसअघि संसदको सार्वजनिक लेखा समितिले बोर्डमा भ्रष्टाचार भएकव ठहर गर्दै निरौलालाई निलम्बन गर्न निर्देशन दिएको थियो। लेखा समितिको निर्देशनपछि २०७१ कात्तिक १३ गते बोर्ड सञ्चालक समितिले उनलाई निलम्बन गरेको थियो।