BIZMANDU
www.bizmandu.com

साझा यातायातले इ-टिकेटिङ सुरु गर्दै, पैसा बोक्नुनपर्ने कार्डबाट भाडा तिर्न मिल्ने

२०७४ फागुन १०

साझा यातायातले इ-टिकेटिङ सुरु गर्दै, पैसा बोक्नुनपर्ने कार्डबाट भाडा तिर्न मिल्ने
साझा यातायातले इ-टिकेटिङ सुरु गर्दै, पैसा बोक्नुनपर्ने कार्डबाट भाडा तिर्न मिल्ने

ललितपुर। साझा यातायातले ‘इटिकेटिङ’ शुरु गर्न तयारी थालेको छ ।

Tata
GBIME
Nepal Life

नेपाल बैंकसँगको सहकार्यमा इटिकेटिङ लागू गर्न लागिएको साझा यातायातका कामु प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले जानकारी दिए।

इटिकेटिङ शुरु भएपछि यात्रुले भाडामा पैसाको साटो कार्डको प्रयोग गर्न सक्ने छन् । साझाका सबै बसमा उक्त नियम लागू हुने उनले बताए।‘नियमित रुपमा यात्रा गर्ने यात्रु यो सेवाबाट बढी लाभान्वित हुन सक्नेछन्,उनले भने, ‘कर्मचारी, विद्यार्थीलगायतलाई यो सेवाले अझै सजिलो हुनेछ।‘
 
साझा यातायातले दुई वर्ष पहिले नै नेपाल बैंक लिमिटेड र नेपाल टेलिकमसँग सम्झौता गरेको थियो । गत वर्ष परीक्षणका रुपमा केही बसमा लागू भएको थियो । पाण्डेय भन्छन् , “सबै बसमा लागू हुँदा नै यो सेवा अझै प्रभावकारी बन्न सक्छ ।” केही रुटमा मात्रै र थोरै बसमा यो सेवा लागू हुँदा भने यात्रुले प्रयोग गर्न नचाहने उनले बताए।

साझा यातायातको अहिले काठमाडौँ उपत्यकामा ४४ वटा र उपत्यका बाहिर दुईवटा बस सञ्चालनमा छ । उनन्तीस वटा बस थप गर्ने साझा यातायातले तयारी गरेको छ । साझामा ९७ प्रतिशत सरकारी लगानीमा सञ्चालित छ ।