BIZMANDU
www.bizmandu.com

बचत खाताकै ब्याज १०%, सिभिल बैंकले ल्यायो स्किम, निक्षेप टिकाउन नयाँ रणनीतिमा बैंक

२०७४ फागुन १०

काठमाडौं। मुद्दति निक्षेपको ब्याज दर ११ प्रतिशतभन्दा माथि दिन नपाउने सहमति गरेपछि बैंकहरुबीच बचत खाताको ब्याज बढाउने प्रतिस्पर्धा चलेको छ। बिहीबार सिभिल बैंकले बचत खातामा १० प्रतिशत ब्याज दिने नयाँ स्किम ल्याएको छ।
 
गत साता कुमारी बैंकले साढे नौं प्रतिशत ब्याज दिने गरी बचत खाता ल्याएको थियो। सिभिल बैंकले 'सगरमाथा बचत खाता' नाम राखेर १० प्रतिशत ब्याजको स्किम ल्याएको हो। यो खाता एक हजार रुपैयाँमै खोल्न सकिन्छ। 
 
बैंकले निःशुल्क इन्टरनेट बैंकिङ, एटीएम कार्ड, चेक बुक, एसएमएस बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, लकरको वार्षिक शुल्कमा ५०% छूटका साथै पाँच लाख रुपैयाँसम्मको दूर्घटना मृत्यु/अपाङ्गताको निःशुल्क बीमा सेवा पनि दिने छ। 
 
बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले डेढ महिनाअघि नै मुद्दति निक्षेपमा ११ प्रतिशतभन्दा बढि ब्याज दिन नपाउने भन्दै सहमती गरेका थिए। अप्ठेरो परेको बैंकले ११ प्रतिशतभन्दा केही माथि जान सक्ने गरि दर तय गर्न संघले समिति पनि गठन गरेको थियो।
 
यद्यपी संघले तोकेकोभन्दा बढि केही बैंकले ब्याज दिन थालेका छन्। 'बचतमा ब्याज कम हुने वित्तिकै बढि हुने बैंकमा २/३ अर्ब रुपैयाँ नै जाने अवस्था आउँछ' एक बैंकका प्रमुख कार्यकारी अधिकृतले भने, 'त्यसलाई रोक्न र नयाँ लगानीका लागि पनि ब्याज नबढाइ सुख छैन।'
 
अब सिभिल बैंकले कल डिपोजिटमा ८ प्रतिशत ब्याज दिन पाउँछ। 

Tata
GBIME
Nepal Life