BIZMANDU
www.bizmandu.com

दोस्रो क्वाटरपछि बैंकको निक्षेप २ अर्ब रुपैयाँले घट्यो, ऋण बिस्तार २७ अर्ब रुपैयाँले उक्लियो

२०७४ फागुन ९

दोस्रो क्वाटरपछि बैंकको निक्षेप २ अर्ब रुपैयाँले घट्यो, ऋण बिस्तार २७ अर्ब रुपैयाँले उक्लियो
दोस्रो क्वाटरपछि बैंकको निक्षेप २ अर्ब रुपैयाँले घट्यो, ऋण बिस्तार २७ अर्ब रुपैयाँले उक्लियो

काठमाडौ । दोस्रो त्रैमास सकिएपछि बैंकहरुको निक्षेप घट्न थालेको छ। बैंकहरुले ऋण दिन बन्द गरेको बताए पनि तथ्यांकले भने बढेको देखाएको छ।
 
मसान्तपछि बाणिज्य बैंकहरुको निक्षेप दुई अर्बले झरेर २२ सय सात अर्ब रुपैयाँमा आएको छ। जबकी ऋण लगानी भने २७ अर्बले बढाएर १९ खर्ब ५२ अर्ब पुगिसकेको छ। योबीचको अवधिमा विदेशी मुद्रामा रहेको निक्षेप घटेको छ। 
 
'बैंकहरुमा नयाँ निक्षेप नआए पनि प्रतिबद्धता जनाएको कर्जा दिएका कारण लगानी बढेको हो' एक बैंकरले भने, 'डेढ महिनाको अवधिमा निक्षेप स्थिरजस्तो देखिनुले आगामी दिनमा लगानी गर्न बैंकहरुलाई निक्कै कठिन रहेको बुझाउँछ।'
 
राष्ट्र बैंकले निक्षेप नबढाइ ऋण नदिनका लागि निर्देशन दिए पनि बैंकहरुको कर्जाको विस्तार हेर्दा उनीहरुले केन्द्रीय बैंकलाई नटेरेको जस्तो देखिन्छ। कर्जा विस्तार बढ्न थालेकाले फेरि कर्जा-पूँजी-निक्षेप अनुपात सिसिडी रेसियो ८० प्रतिशत नजिक पुग्न लागेको छ।
 

Tata
GBIME
Nepal Life