BIZMANDU
www.bizmandu.com

शाश्वतधाममा बुद्धिष्ट सेन्टर स्थापना, श्रीलंकाबाट ल्याइएको गौतमबुद्धको अस्तु राखियो

२०७४ फागुन ८

काठमाडौं।नवलपरासीमा रहेको शाश्वतधाममा बुद्धिष्ट सेन्टर स्थापना गरिएको छ।मंगलबार यो सेन्टरको विधिवत शुभारम्भ भयो।यो सेन्टरमा
 श्रीलंकाबाट ल्याएको भगवान गौतम बुद्धको अस्तु राखिएको छ।

Tata
GBIME
Nepal Life

सेन्टर स्थापना हुनुअघि शाश्वतधाममा विशेष मण्डप तयार गरेर अस्तु राखिएको चौधरी समूहद्धारा जारी विज्ञप्तिमा उल्लेख छ। कोलम्बो नजिकै रहेको २६ सय वर्ष पूरानो राजमाया बिहारबाट अस्तु ल्याइएको हो।अहिले धाममा राखिएको अस्तुलार्इ श्रीलंकाबाट आएका भिक्षुको टोलीले विधिपूर्वक दैनिक पुजा अर्चना गरिरहेको कम्पनीले जनाएको छ।

पुरातत्व विभागका विज्ञ रामबहादुर कुँवरका अनुसार२५६२ वर्षअघि देह त्याग गरेका भगवानगौतम बुद्धलाई उनका अनुयायीहरु (भिक्षु)ले जलाएका थिए ।उनलाई जलाएपछिको अस्तु चैत्यमा राख्न होडबाजी चलेको थियो।