BIZMANDU
www.bizmandu.com

फेरी पनि श्रीमान सिइओ, श्रीमती सञ्चालक, सेन्चुरी बैंकले राष्ट्र बैंकको निर्देशन मानेन

२०६९ साउन १०

काठमाडौं । सेन्चुरी कमर्सियल बैंकले राष्ट्र बैंकको निर्देशन लत्याउँदै उमाकुमारी श्रेष्ठलाई सञ्चालक समिति सदस्यमा चयन गरेको छ । उनका श्रीमान् गणेशकुमार श्रेष्ठ बैंकमा प्रमुख कार्यकारी अधिकृत छन् । बैंकले उनलाइ वर्षको ६० लाख रूपैयाँ तलव र भत्ता दिन्छ ।
राष्ट्र बैंकले अघिल्लो साता एकिकृत निर्देशन जारी गर्दै एकाघर परिवारका सदस्य एउटै संस्थामा तथा एउटै व्यक्ति दुई वटा पदमा वस्न नपाउने व्यवस्था गरेको  छ । निर्देशनकै कारण नेपाल इन्भेस्टेमन्ट बैंकका कार्यकारी अध्यक्ष पृथ्वीवहादुर पाण्डेले प्रमुख कार्यकारी अधिकृतको पद छाडिसकेका छन् ।
सेन्चुरीमा भने निर्देशन आएको एक सातापछि पुन प्रमुख कार्यकारी अधिकृतकी पत्नीलाई सञ्चालक बनाइएको छ । बैंकको संस्थापक सेयरधनीका तर्फबाट रवि केसी, विसन शाक्य र लक्ष्मणकुमार श्रेष्ठ पनि सञ्चालक समितिमा चयन भएका छन् ।

Tata
GBIME
Nepal Life