BIZMANDU
www.bizmandu.com

अबको अर्थमन्त्री युवराज खतिवडा होलान्? राष्ट्रियसभामा खतिवडासहित तीन सदस्य सिफारिस

२०७४ फागुन ८

अबको अर्थमन्त्री युवराज खतिवडा होलान्? राष्ट्रियसभामा खतिवडासहित तीन सदस्य सिफारिस
अबको अर्थमन्त्री युवराज खतिवडा होलान्? राष्ट्रियसभामा खतिवडासहित तीन सदस्य सिफारिस

काठमाडौँ। सरकारले राष्ट्रियसभा सदस्यमा पूर्व गभर्नर युवराज खतिवडासहित तीन जनालाई सिफारिस गरेको छ। यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका सिफारिस फिर्ता लिँदै सरकारले राष्ट्रियसभा सदस्यमा तीन जनालाई सिफारिस गरेको हो । 


 
महिला बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले तीन जनाको नाम सिफारिस गरेको बताइन्। यसअघिको निर्णय रद्द गर्दै नयाँ सदस्यको नाम सिफारिस भएको थापाले बताइन्.। 
 
मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले पूर्व गभर्नर खतिवडा, वरिष्ठ अधिवक्ता रामनारायण बिडारी र बिमला पौडेल राईलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गरेको हो। संवैधानिक प्रावधान अनुसार सरकारको सिफारिस राष्ट्रपतिले कार्यान्वयन गर्नुपर्छ।
 
यसअघि देउवा नेतृत्वको सरकारले कृष्णप्रसाद पौडेल, गोपाल बस्नेत, र चाँदनी जोशीलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गरेको थियो। 
राष्ट्रियसभाका ५९ सदस्यमध्ये ५६ जना निर्वाचित भइसकेका छन्। तीन जनाको मनोनित हुने स्थान रिक्त छ। 
 
सिफारिसमा परेका खतिवडा राष्ट्र बैंकका पूर्व गभर्नर हुन्। उनले राष्ट्रिय योजना आयोगको पनि नेतृत्व गरिसकेका छन्। वित्तीय क्षेत्रमा खतिवडा परिचित नाम हो। 
यस्तै, आयोगकै पूर्वसदस्य रहेकी पौडेल पनि सदस्यमा सिफारिस भएकी छन्। 
 
माओवादी केन्द्रबाट यसअघि समानुपातिक सांसद् भइसकेका बिडारी वरिष्ठ अधिवक्ता हुन्। दोस्रो संविधानसभामा बिडारी माओवादी केन्द्रका तर्फबाट समानुपातिक सदस्यमा निर्वाचित भएका थिए।  

Tata
GBIME
Nepal Life