BIZMANDU
www.bizmandu.com

व्यवस्थापन पढेकालार्इ अवसर, सेञ्चुरीले माग्यो २ सय १४ जना कर्मचारी, महालक्ष्मीमा समेत अवसर

२०७४ फागुन ६

व्यवस्थापन पढेकालार्इ अवसर, सेञ्चुरीले माग्यो २ सय १४ जना कर्मचारी, महालक्ष्मीमा समेत अवसर
व्यवस्थापन पढेकालार्इ अवसर, सेञ्चुरीले माग्यो २ सय १४ जना कर्मचारी, महालक्ष्मीमा समेत अवसर

काठमाडौं। सेञ्चुरी बैंकले सहायक प्रवन्धक देखि सहायक प्रशिक्षार्थी सम्म गरेर २ सय १४ जना कर्मचारी मागेको छ। बैंकले केन्द्रीय कार्यालय र  उपत्यकाबाहिरका विभिन्न शाखाको लागि कर्मचारी माग गरेको हो।

Tata
GBIME
Nepal Life

बैंकले २ जना ब्रान्च म्यानेजर, १३ जना बरिष्ठ अधिकृत, २३ जना अधिकृत, ३६ जना सहायक अधिकृत, १८ जना सुपरभाइजर, २४ जना बरिष्ठ सहायक, ४ जना सहायक, ४ जना प्राविधिकतर्फको म्यानेजमेन्ट ट्रेनी, १५ जना म्यानेजमेन्ट ट्रेनी, ७५ जना सहायक प्रशिक्षार्थीको माग गरेको छ। बैंकले सहायक प्रवन्धकको लागि व्यवस्थापनमा स्नातकोत्तर गरेको तथा ७ वर्षको अनुभव भएको हुनुपर्ने जनाएको छ।

बरिष्ठ अधिकृतको लागि स्नाकोत्तरमा म्यानेजमेन्ट आइटी गरि न्यूनतम ५ वर्षको अनुभव, अफिसरको लागि व्यवस्थापनमा स्नातकोत्तर गरी ३ वर्षको अनुभव, सहायक अफिसरको लागि स्नातक गरी ३ वर्षको अनुभव, सुपरभाइजरको लागि स्नातक गरी एक वर्षको अनुभव, सहायकको लागि स्नातक गरि एक वर्षको अनुभव, प्राविधिक तर्फको म्यानेजमेन्ट ट्रेनीको लागि आइटिमा इन्जिनियरिङ गरेको हुनुपर्ने बैंकले जनाएको छ। म्यानेजमेन्ट ट्रेनीको लागि व्यवस्थापनमा स्नताकोत्तर गरेको हुनुपर्नेछ।

बैंकका अनुसार सहायक ट्रेनीको लागि प्लस टु गरेको हुनुपर्नेछ। मेरो जव डटकमबाट फागुन १३ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ। महालक्ष्मी बैंकले केही संख्यामा शाखा प्रवन्धक देखि जुनियर सहायक माग गरेको छ। बैंकले संख्या नखुलाए पनि धेरै संख्यामा शाखा कार्यालयमा कर्मचारी माग भएको जनाएको छ। बैंकले केन्द्रीय तथा शाखा कार्यालयमा कर्मचारी माग गरेको छ।

बैंकले ब्रान्च म्यानेजर, सुपरभाइजर, ब्याङक्यासुरेन्स एकजना, मार्केटिङ अफिसर एक जना, जुनियर असिस्टेन्ट, २० जना म्यानेजमेन्ट ट्रेनी र एक जना कार्यकारी सचिव माग गरेको छ। आवेदनको लागि फागुन २० गतेसम्म म्याद रहेको छ।