BIZMANDU
www.bizmandu.com

सन नेपाल लाइफले ६० करोडको साधारण शेयर जारि गर्ने, ६ महिनामा ८ करोड रुपैयाँ नाफा

२०७४ फागुन ४

सन नेपाल लाइफले ६० करोडको साधारण शेयर जारि गर्ने, ६ महिनामा ८ करोड रुपैयाँ नाफा
सन नेपाल लाइफले ६० करोडको साधारण शेयर जारि गर्ने, ६ महिनामा ८ करोड रुपैयाँ नाफा

काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ६० करोड रुपैयाँ बराबरको साधारण शेयर जारि गर्ने भएको छ। कम्पनीले पहिलो बार्षिक साधारणसभाबाट साधारण शेयर जारि गर्ने प्रस्ताव पारित गरेको हो। 


 
कम्पनीको प्रवन्ध पत्र तथा नियमावलीमा संसोधन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव समेत पारित गरेको छ। कम्पनीका अध्यक्ष अनुज क्यालले सभामा बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। 
 
कम्पनीले पुष मसान्तसम्म १४ वटा शाखा कार्यालय संचालनमा ल्याइसकेको छ। कम्पनीले ३६ सयभन्दा वढी अभिकर्ता तयार पारेको जनाएको छ। पुससम्म तीन हजार ५२ वटा बीमालेख बिक्रि गरी कूल १० करोड २७ लाख प्रिमियम संकलन गरी आठ करोड दश लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। 
सभाले संस्थापकका तर्फबाट अनुज क्याल, नारायण रुंगटा, किरण केसी, सशांक अग्रवाल सञ्चालक समिति सदस्यमा निर्विरोध निर्वाचित गरेको छ। 

GBIME
Tata