विकास बैंक समूहबाट मितेरी डेभलपमेन्टका शेयरधनीले ३३.१४ प्रतिशत लाभांश पाएका छन्। सबैभन्दा कम सप्तकोशी डेभलपमेन्टका शेयरधनीले ५.३ प्रतिशत लाभांश पाएका छन्।१९ विकास बैंकले लाभांश घोषणा गरेका छन्।
फाइनान्स कम्पनीबाट सात कम्पनीले लाभांश दिएका छन्। सबैभन्दा बढी सिर्जना फाइनान्सका शेयरधनीले ३४.२१ प्रतिशत लाभांश पाएका छन् भने कम मन्जुश्री फाइनान्सका शेयरधनीले ६.३२ प्रतिशत लाभांश पाएका छन्।
३२ लघुवित्त कम्पनीले लाभांश घोषणा गरेका छन्। जसमा सबैभन्दा बढी निर्धन उत्थानका शेयरधनीले ८०.७१ प्रतिशत लाभांश पाएका छन् भने कम सिभिल लघुवित्तका शेयरधनीले ४.७३ प्रतिशत लाभांश पाएका छन्।
बीमा समुहबाट १२ कम्पनीले लाभांश पाएका छन्। बीमामा शिखर इन्स्योरेनले सबैभन्दा बढी ३०.५२ प्रतिशत लाभांश दिएको छ। यस वर्ष सबैभन्दा कम दिनेमा नेपाल इन्स्योरेन्स छ।