BIZMANDU
www.bizmandu.com

लाइफ इन्सुरेन्स र सगरमाथाको सेयर १११ रुपैयाँले बढ्यो, सूचक पनि पाँच सय अंक माथि

२०७० जेठ १३

लाइफ इन्सुरेन्स र सगरमाथाको सेयर १११ रुपैयाँले बढ्यो, सूचक पनि पाँच सय अंक माथि
लाइफ इन्सुरेन्स र सगरमाथाको सेयर १११ रुपैयाँले बढ्यो, सूचक पनि पाँच सय अंक माथि


काठमाडौं । पाँच सय अंकको वरिपरि नाचिरहेको नेप्सेले मंगलवार फेरी एकपटक पाँच सय अंकको सीमा पार गरेको छ । मंगलवार सूचक ४.६३ अंकले चढेपछि नेप्से पाँच सय अंक माथि पुगेको हो । बैंकिङ्ग समूह ५.६१ अंकले चढ्यो, मंगलवार पनि इन्सुरेन्स समूहले बाजी मार्यो, इन्सुरेन्स समूह २२.६ अंक र नेपाल टेलिकमको कारोवार हुने अन्य समूहको सूचक १७.६२ अंकले चढ्यो ।
जलविद्युत, फाइनान्स, विकास बैंक समूहको सेयर पनि माथि चढ्यो, युनिलिभरको सेयर प्रतिकित्ता २०२ रुपैयाँ घटेपछि उत्पादन समूहको सूचकमा १०.४८ अंकको गिरावट आयो, होटल समूहको सूचक पनि तल झर्यो । लाइफ इन्सुरेन्स कम्पनी र सगरमाथा इन्सुरेन्स कम्पनीको सेयर १११ रुपैयाँका दरले बढ्यो, लाइफ इन्सुरेन्सको प्रतिकित्ता १२२१ पुग्यो भने सगरमाथाको सेयर १४२० मा कारोवारभ यो । छिमेक लघुवित्त विकास बैंकको १८ रुपैयाँका दरले बढेर ४९४ मा, नागरिक लगानी कोषको ४० रुपैयाँ बढेर १५०० मा, डिप्रोक्स विकास बैंकको २९ रुपैयाँ बढेर ३७४ मा, एभरेष्ट बैंक कन्भर्टिवल प्रिफरेन्स सेयर १८ रुपैयाँ बढेर ८१८ मा कारोवार भयो ।
हिमालयन बैंकको १५ रुपैयाँ बढेर ७३० मा, इनोभेटिभ विकास बैंकको १२ रुपैयाँ घटेर ११३ मा, नविल बैंकको ६३ रुपैयाँ बढेर १८०४ मा, नविल बैंक प्रवद्र्धक सेयर २१ रुपैयाँ बढेर ११३० मा कारोवार भयो । नेपाल कन्जुमर विकास बैंकको १० रुपैयाँ घटेर ९३ मा, नेपाल इन्भेष्टमेन्ट बैंकको १६ रुपैयाँ बढेर ७४० मा कारोवार भयो । नेशनल लाइफ इन्सुरेन्सको १४ रुपैयाँ बढेर ५४९ मा र सिद्धार्थ इन्सुरेन्सको १६ रुपैयाँ बढेर २२१ मा, शिखर इन्सुरेन्सको ४९ रुपैयाँ बढेर ५४७ मा कारोवार भयो ।

Tata
GBIME
NLIC