BIZMANDU
www.bizmandu.com

यु एमले सार्वजनिक गर्योे इलेक्ट्रोनिक मोटरसाइकल, मोटरसाइलकमा अब रिभर्स गियर पनि

२०७४ फागुन ३

यु एमले सार्वजनिक गर्योे इलेक्ट्रोनिक मोटरसाइकल, मोटरसाइलकमा अब रिभर्स गियर पनि
यु एमले सार्वजनिक गर्योे इलेक्ट्रोनिक मोटरसाइकल, मोटरसाइलकमा अब रिभर्स गियर पनि

काठमाडौं। अमेरिकी मोटरसाइकल यु एमले भारतको पहिलो इलेक्ट्रिक क्रुजर मोटरसाइकल रेनेगेड थोरलाई यो वर्षको अटो एक्स्पो २०१८ मा सार्वजनिक गरेको छ। यो मोटरसाइकल भारतको पहिलो इलेक्ट्रिक क्रुजर मोटर साइकल हुनुका साथै रेनेगेड थोर विश्वकै पहिलो गेअर भएको इलेक्ट्रिक क्रुजर बाइक भएको कम्पनीले जनाएको छ। 


 
रेनेगेड थोर बाइकले ३० किलो वाट पावरका साथै ७० न्यूटन मिटर टर्क उत्पादन गर्दछ। यो बाइकमा ५ स्पिड ट्रान्समिसन भएको गेअर बक्स र हाड्रोलिक क्ल्च तथा कन्ट्रोलर भएको लिक्विड कुल्ड मोटर रहेको छ। यसका साथै चालक सुविधा हुने गरि रिभर्स गेअर पनि रहेको  कम्पनीले उल्लेख गरेको छ।
 
यस मोडलको सार्वजनिकबाट यु एमले कम्पनीको प्राविधिक प्रगति र दक्षता देखाएर विश्व बजार मा इलेक्ट्रिक मोटर साइकलको माग रहेको तथ्य सार्वजनिक गर्नुका साथै यु एमले इलेक्ट्रिक सेग्मेंटमा अग्रगामी ब्रान्ड का रुपमा लाभ पनि उठाउने मौका पाएको कम्पनीको दावी छ।
दिल्ली अटो शोमा कम्पनीले रेनेगेड ड्युटी एस (S) र रेनेगेड ड्युटी एस (ACE) पनि सार्वजनिक गरेको जनाएको छ। दुवै मोटरसाइकल २२३ सिसी इन्जिन क्षमताका छन्। 

Tata
GBIME
Nepal Life