BIZMANDU
www.bizmandu.com

दक्षिण कोरियामा बेरोजगारको सङ्ख्या दश लाख, राष्ट्रपतिको बाचा पूरा भएन, १२ हजार बेरोजगार थपिए

२०७४ फागुन ३

दक्षिण कोरियामा बेरोजगारको सङ्ख्या दश लाख, राष्ट्रपतिको बाचा पूरा भएन, १२ हजार बेरोजगार थपिए
दक्षिण कोरियामा बेरोजगारको सङ्ख्या दश लाख, राष्ट्रपतिको बाचा पूरा भएन, १२ हजार बेरोजगार थपिए

सोल।दक्षिण कोरियामा यस वर्षको जनवरीको एक तथ्यांकअनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ ।बेरोजगारहरुको यो सङ्ख्या यहाँको जनसंख्याको ३.७ प्रतिशत रहेको सरकारी प्रतिवेदनले देखाएको बुधबार जनाइएको छ ।

Tata
GBIME
Nepal Life

यो सङ्ख्या गतवर्ष सोही समयको तुलनामा १२ हजारले बढेको दक्षिण कोरियाको तथ्याङ्क विभागले जानकारी दिएको छ ।जनवरी महिनामा रहेको ३.७ प्रतिशत बेरोजगारीको दर गएको वर्षको सुरुदेखि नै परिवर्तन भएको थिएन ।

तर १५ देखि १७ वर्षको उमेरका व्यक्तिमा ८.७ प्रतिशत रहेको यो सङ्ख्या जनवरीमा भने ०.१ प्रतिशतमा झरेको छ । गत वर्षको मे महिनामा आफ्नो कार्यालय सम्हालेका दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले विशेषगरी युवायुवतीको बेरोजगारी दरलाई घटाउने प्रतिवद्धता गरेका थिए।

यसै अनुसार नै देशमा युवा बेरोजगारहरुको सङ्ख्यामा उल्लेखनीय रुपमा नै कमी आएको सरकारले दाबी गर्ने गरेको छ ।