BIZMANDU
www.bizmandu.com

सेञ्चुरी कमर्सियल बैंकले प्राकृतिक तथा मानव स्रोत विकास संघलार्इ पचास हजार सहयोग

२०७४ फागुन २

काठमाडौं।सेञ्चुरी कमर्सियल बैंकले नेपाल प्राकृतिक तथा मानव स्रोत विकास संघले संचालन गरेको सुरक्षित,स्वस्थकर तथा पुन प्रयोग हुने घरेलु सेनेटरी प्याडको तयारी र उपयोग सम्वन्धी तालिमलार्इ ५० हजार रुपैयाँ सहयोग गरेको छ।

Tata
GBIME
Nepal Life

बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालित सो तालिम महालक्ष्मी नगरपालिका, सिद्दिपुर, शान्ति मुल टोलमा आयोजना भएको थियो। सो तालिममा उपस्थित महिलाहरुले महिला स्वास्थबारे थुप्रै जानकारीहरु हासिल गरे ।

बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले संस्थाका संस्थापक अध्यक्ष डा. दिनेशराज शर्मालार्इ चेक हस्तान्तरण गरे।कार्यक्रममा कामु प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराइको उपस्थितीे थियो ।