BIZMANDU
www.bizmandu.com

ओभरड्राफ्ट ऋणमा कडाइ, २०७५ पुसभित्र ओभरड्राफ्ट १५% मा झार्नु पर्ने, औषत ऋण लगानी साढे १७%

२०७४ माघ २९

काठमाडौं। राष्ट्र बैंकले ओभरड्राफ्ट कर्जा लगानीमा पनि कडाइ गर्ने भएको छ। राष्ट्र बैंकले कुल कर्जाको बढिमा १५ प्रतशितसम्म मात्र ओभरड्राफ्ट शिर्षकमा कर्जा दिन पाइने ब्यवस्था गरेको हो।
 
चालु आर्थिक बर्षको मौद्रिक नीतिको अर्द्धबार्षिक समिक्षा गर्दै राष्ट्र बैंकले ओभरड्राफ्ट शिर्षकमा लगानी सीमा तोकेको हो। चालु बर्षको मौद्रिक नीतिमा ओभरड्राफ्ट बारे छुट्टै कार्यविधि बनाउने घोषणा गरिएको थियो। तर कार्यविधि नबनाइ लगानी सीमा तोकिएको हो।
 
ओभरड्रफ्टमा बाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले तीन खर्ब ७५ अर्ब ३६ करोड रुपैयाँ ऋण लगानी गरेका छन्। अहिले बैंक तथा वित्तीय संस्थाको कुल ऋण लगानी २१ अर्ब ४३ अर्ब रुपैयाँ छ। यस हिसावले ओभरड्रफ्टको हिस्सा १७.५१ प्रतिशत हुन आउँछ। जुन संस्थाको ओभरड्राफ्टमा १५ प्रतिशत नाघेको छ उसले २०७५ पुसभित्र तोकिएको सीमाभित्र ऋणलाई झारिसक्नु पर्छ।
 
ओभरड्राफ्टका नामा बैंकहरुले अन्य क्षेत्रमा ऋण लगानी गरेको आशंका गर्दै राष्ट्र बेंकले यसमा कडाइ गर्न खोजेको हो।
 
 

Tata
GBIME
Nepal Life