BIZMANDU
www.bizmandu.com

शेयर बजार ११ महिनाकै कमजोर अवस्थामा, सूचकसँगै कारोबार रकम पनि २४ करोडमा खुम्चियो

२०७४ माघ २९

शेयर बजार ११ महिनाकै कमजोर अवस्थामा, सूचकसँगै कारोबार रकम पनि २४ करोडमा खुम्चियो
शेयर बजार ११ महिनाकै कमजोर अवस्थामा, सूचकसँगै कारोबार रकम पनि २४ करोडमा खुम्चियो

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक ११ महिना यताकै कमजोर देखिएको छ। सोमबार नेप्से सूचक ४.४२ अंकले ओरालो लाग्दा गत वर्षको चैत ६ गतेको भन्दा तल झरेको छ। गत चैत ६ गते नेप्से सूचक १३८२.१९ अंक थियो। त्यस दिन कारोबार रकम भने ६४ करोड रुपैयाँको भएको थियो।   

Tata
GBIME
Nepal Life

सोमबार ०.३२ प्रतिशतले बजार ओरालो लाग्दा नेप्से सूचक १३८०.२९ कायम भएको छ। सूकक साथै कारोबार रकम पनि २४ करोड ६७ लाख रुपैयाँमा खुम्चिएको छ।

सोमबार तीन उपसूचकबाहेक सबै सूचक तथा उपसूचक ओरालो लागेका छन्। ट्रेडिङ ४.७२, विकास बैंक ६.७६ र अन्य ३.९९ अंकले उकालो लागेका छन्। सबैभन्दा धेरै बीमाको उपसूचक १.०४ प्रतिशतले ओरालो लागेको छ।

सिद्धार्थ बैंकको प्रमोटर शेयरको सबैभन्दा धेरै एक करोड ७४ लाख रुपैयाँको करोबार भएको छ। साल्ट ट्रेडिङ कर्पोरेसनका शेयर धनीले सबैभन्दा धेरै १० प्रतिशतले कमाएका छन् भने दिव्यश्वरी हाइड्रोपावरका शेयर धनीले ५.४७ प्रतिशतले गुमाएका छन्।