BIZMANDU
www.bizmandu.com

अरिहन्त कमर्सियलले सबैभन्दा बढी ट्रयाक्टर बिक्री गर्यो, थाइल्याण्डमा पायो अवार्ड

२०७४ माघ २८

अरिहन्त कमर्सियलले सबैभन्दा बढी ट्रयाक्टर बिक्री गर्यो, थाइल्याण्डमा पायो अवार्ड
अरिहन्त कमर्सियलले सबैभन्दा बढी ट्रयाक्टर बिक्री गर्यो, थाइल्याण्डमा पायो अवार्ड

विराटनगर।गोल्छा अर्गनाइजेशनअन्तर्गतको अरिहन्त कमर्सियल  प्रालि सन् २०१७ मा सबैभन्दा बढी ट्रयाक्टर विक्री गर्ने कम्पनीका रूपमा सम्मानित भएको छ ।

Tata
GBIME
Nepal Life

इटालियन ट्रयाक्टर निर्माता कम्पनी ‘एसडिएफ’– को थाइल्यान्डमा सम्पन्न सम्मेलनमा कम्पनीका प्रबन्ध  निर्देशक मार्सेलो पर्सेनीले कम्पनीका प्रतिनिधि धर्मेन्द्र दुगडमार्फत् अरिहन्तलाई सम्मान गरेका हुन् ।अरिहन्तले विश्वकै पहिलो डिजेल इन्जिन निर्माता इटालियन कम्पनी ‘एसडिएफ’–का ‘सामे’ ब्रान्डका ट्याक्टर विगत १० महिनादेखि नेपालभरि विक्री गरिरहेको छ ।
 
अरिहन्तका सञ्चालक सोम अधिकारीका अनुसार ‘सामे’ सन् २०१६ मा संसारका सबै ट्रयाक्टर कम्पनीमध्ये गुणस्तरीय र विषेशताका आधारमा सर्वोत्कृष्ट ट्रयाक्टरको  अवार्ड विजेता ब्रान्ड हो । खेत जोत्ने र  मालसामान ढुवानीका लागिसमेत ‘सामे’ ब्रान्डका ट्र्याक्टर चर्चित रहेको उल्लेख गर्दै अधिकारीले यी ट्र्याक्टरलाई पहाडको राजा भन्ने गरिएको बताए ।
 
‘सामे’ ब्रान्डका फोर ह्विल ट्र्याक्टरमा ८ देखि १० मेट्रिक टनसम्म मालसामान राखेर पहाडी मार्गमा सजिलै ढुवानी गर्न सकिने सोमको दाबी छ । साथै अन्य ट्र्याक्टरका तुलनामा डिजल पनि कम खपत हुने उनको भनाइ थियो ।अरिहन्तले विराटनगरको कञ्चनवारीस्थित सोरुम लगायत नेपालभरिका ९ अञ्चलका १० शाखाबाट ३५ देखि ८० एचपी सम्मका ट्र्याक्टर विक्रीका लागि राखेको उनले जानकारी दिए ।
 
उनले विश्वप्रसिद्ध इटालियन प्रविधिअनुसार बनाइएका ‘सामे’ ट्र्याक्टरमा मल्टिपल डिस्क ब्रेक जडान गरिएको बताए ।यस्तो ब्रेक तेलमा डुबाएर राखिने हुँदा लामो समयसम्म टिकाउ हुने अधिकारीले उल्लेख गरे । साथै गियर पनि कारको जस्तै ‘सिङ्क्रोमेस सिस्टम’को रहेको उनले स्पष्ट पारे ।
अधिकारीले भने, ‘अन्य ब्रान्डका ट्र्याक्टरलाई २ सय घण्टा चलाएपछि सर्भिसिङ गर्नुपर्छ भने ‘सामे’ ट्र्याक्टरलाई ३ सय घण्टा चलाएर सर्भिसिङ गरे हुन्छ ।’