BIZMANDU
www.bizmandu.com

सिडिएसको निक्षेप सदस्य आठ पुग्यो, सिद्धार्थ क्यापिटल कान्छो सदस्य

२०७० जेठ १०

सिडिएसको निक्षेप सदस्य आठ पुग्यो, सिद्धार्थ क्यापिटल कान्छो सदस्य
सिडिएसको निक्षेप सदस्य आठ पुग्यो, सिद्धार्थ क्यापिटल कान्छो सदस्य

काठमाडौं । सिडिएस एन्ड क्लियरिङ लिमिटेडले सिद्धार्थ क्यापिटललाई निक्षेप सदस्यता प्रदान गरेको छ । सिद्धार्थले वैशाख १२ गते निक्षेप सदस्यताको लागि आवेदन दिएको थियो ।
कम्पनीले आवश्यक पूर्वाधारहरुको निरीक्षण गरेको थियो ।
निरीक्षण प्रतिवेदनपछि सञ्चालक समितिको बैठकले सिद्धार्थलाई सदस्यता दिने निर्णय गरेको हो ।
यो सँगै निक्षेप सदस्यको संख्या आठ पुगेको छ । सिडिएससी र निक्षेप सदस्यवीच सम्झौंता समेत भइसकेको छ ।
सम्झौंतामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुबोध शर्मा सिग्देल र निक्षेप सदस्य क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत धु्रव तिमिल्सिनाले हस्ताक्षर गरे ।
 

Tata
GBIME
Zonsen