काठमाडौं। बिल्डकोन इन्टरनेशनल एक्स्पोमा निप्पोन पेन्ट प्रदर्शनमा आउने भएको छ। नेपालमा निप्पोनको अग्रता कायम राख्ने मुख्य उद्देश्य रहेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार काठमाडौं भृकुटीमण्डपमा यही फेब्रुअरी ९ देखि ११ तारिखसम्म हुने अन्तर्राष्ट्रिय ट्रेड फेयरमा निप्पोन प्रदशनमा राखिने छ। ट्रेड फेयर (बिल्डकोन इन्टरनेश्नल एक्स्पो)मा कम्पनीले निप्पोनको अन्तर्राष्ट्रिय गुणस्तरको हाइटेक र इको फ्रेण्डली डेकोरेटिभ पेन्ट उत्पादन प्रदर्शनमा राख्ने जनाएको छ।
निप्पोन पेन्टका अध्यक्ष एस महेस आनन्दले भने, 'नेपाली बजारमा निप्पोन वितरणको सम्भाव्यता वृद्धि गर्नका लागि बिल्डकन इन्टरनेश्नल एक्स्पो निप्पोन ब्राण्डको प्रचारको लागि राम्रो मौका रहेको छ। निप्पोन ब्राण्डको रङ्ग प्रदर्शनमा राख्न पाउँदा हामी खुसी छौँ।'
कम्पनीका अनुसार निप्पोन पेन्टले प्रदुषण घटाउन, फोहोर निप्टान, ऊर्जा खपत कम गर्दै आएको छ। 'ग्रिन को' र 'ग्रिन प्रो' अवार्ड जितेको निप्पोनले 'ग्रिन प्रो सर्टिफिकेसन'को अवार्ड हात पारिसकेको कम्पनीले जानकारी दिएको छ।
जापानबाट उत्पादन सुरु भएको निप्पोनको शाखा जापान, सिङ्गापुर, दक्षिण कोरिया, चीन, भारत, पाकिस्तानलगायतका राष्ट्रमा रहेका छन्।