BIZMANDU
www.bizmandu.com

यामाहाको नयाँ मोटरसाइकल बजारमा, पौने दुई लाख मूल्य

२०६९ साउन १०

यामाहाको नयाँ मोटरसाइकल बजारमा, पौने दुई लाख मूल्य
यामाहाको नयाँ मोटरसाइकल बजारमा, पौने दुई लाख मूल्य

काठमाडौ ।  मोरङ अटोवक्र्सले युवालाई लक्षित गरेर यामाहाको एसजेड–आर मोटरसाइकल बजारमा ल्याएको छ । १ सय ५३ सीसीको यो मोटरसाइकलको मूल्य १ लाख ८१ हजार ९ सय रहेको छ । यो मोटरसाइकलको नेपालभर यामाहा डिलरहरुमा टेस्ट राइड गर्न सक्ने कम्पनीले जनाएको छ । टेस्ट राइडमा सहभागी मध्येबाट लक्की ड्र गरिने र तीन जनालाई नगद पुरस्कार दिने योजना कम्पनीले ल्याएको छ ।
लक्की ड्रमा भाग्यशाली बनेका प्रथमलाई पचास हजार, द्वितीयलाई तीस हजार र तृतीयलाई २० हजार रुपैयाँ दिने कम्पनीले जनाएको छ । १४ लिटरको ट्यांकी रहेको यो मोटरसाइकल एरोडाइनामिक डिजाइन छ । कम्पनीले यो मोटरसाइकलको वारेन्टी पाँच वर्षको लागि दिएको छ । रातो, कालो र सेतो रङमा नेपाली बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

Tata
GBIME
Nepal Life