BIZMANDU
www.bizmandu.com

महिन्द्रा टु ह्वीलरले ल्यायो केयर क्लब, १२ सय रुपैयाँ तिरेर पाइन्छ यतिधेरै सुविधा

२०७४ माघ १६

महिन्द्रा टु ह्वीलरले ल्यायो केयर क्लब, १२ सय रुपैयाँ तिरेर पाइन्छ यतिधेरै सुविधा
महिन्द्रा टु ह्वीलरले ल्यायो केयर क्लब, १२ सय रुपैयाँ तिरेर पाइन्छ यतिधेरै सुविधा

काठमाडौं।नेपालको लागि महिन्द्रा टु ह्वीलहरुको आधिकारिक विक्रेता अग्निमोटो इन्कले महिन्द्रा टु ह्वीलर केयर क्लव सुरु गरेको छ।

कम्पनीले ग्राहकलार्इ गुणस्तरीय र जिम्मेवारसहित सेवा दिन केयर क्लब सुरु गरेको जनाएको छ।यो क्लबमा आवद्ध भएपछि  एक वर्षमा ४ पटकसम्म निःशुल्क सर्भिसिङ्ग तथा २ पटकसम्म आफ्नो बाइक/स्कुटर वासिङ्ग तथा क्लिनिङ्ग गर्न सक्ने कम्पनीले जनाएको छ।

Tata
GBIME
Nepal Life

यो वाहेक जेन्यून पार्ट्सहरुको खरिदमा १० प्रतिशत, लुब्रिकेन्टको खरिदमा ५ तथा लेबर चार्जमा १५ प्रतिशतसम्म छुट दिने कम्पनीले जनायो।कम्पनीका अनुसार अग्निका आधिकारिक आउटलेटमार्फत १२ सय रुपैयाँ तिरेर क्लबको सदस्य बन्न पाइने कम्पनीले जनाएको छ।यो वाहेक कम्पनीले बुधवारदेखि तीन दिन सामाखुशीको सर्भिस सेन्टरमा फ्री सर्भिसिङ र एक्सचेन्ज क्याम्प संचालन गर्ने जनाएको छ।