BIZMANDU
www.bizmandu.com

प्रिमियम ह्याचव्याक टाटा भिस्टा डी–९० बजारमा, अत्याधुनिक प्रविधि भएको कम्पनीको दावी

२०७० जेठ ६

प्रिमियम ह्याचव्याक टाटा भिस्टा डी–९० बजारमा, अत्याधुनिक प्रविधि भएको कम्पनीको दावी
प्रिमियम ह्याचव्याक टाटा भिस्टा डी–९० बजारमा, अत्याधुनिक प्रविधि भएको कम्पनीको दावी


काठमाडौं । सिप्रदी ट्रेडिङले टाटा मोर्टसको प्रिमियम ह्याचव्याक टाटा भिस्टा डी–९० बजारमा ल्याएको छ  । नयाँ पुस्तालाई लक्षित गर्दै ल्याएको कारमा नयाँ प्रविधि जडान गरिएको छ । कम्पनीका अनुसार यसमा हाइटेक विशेषता छन् । कम्पनीका अनुसार क्वाड्राजेट डिजल इन्जिन कारमा भेरियवल जिओमेट्री टर्बोचार्जर(भिजिटी) प्रविधि छन् । कम्पनीले यो कारले ह्याचव्याक सेगमेन्टमा नयाँ बेन्चमार्क स्थापना गर्ने दावी गरेको छ । टाटाका नेपाल र भुटान हेर्ने आवासीय प्रवन्धक गुरिन्द्रसिंहले अत्याधुनिक प्रविधिको स्पोर्टी कार भएको बताएका छन् ।

‘उपभोक्तालाई यो कारले आर्कषित गर्नेछ,’ उनले भने, ‘हामीले बजारमा ल्याउनु अघिनै उपभोक्ताको चासो देखाएकोले बजार लिने अपेक्षा गरेका छौ ।’ यो कार चलाउँदा नौलौ अनुभव प्राप्त गर्ने कम्पनीको दावी छ । कारले २१.१२ माइलेज दिने कम्पनीले जनाएको छ । यसमा युरोटेक–२ गियरवक्स रहेको छ जसले सजिलोसँग गियर तलमाथि गर्न सकिन्छ । कारमा जिपिएस नेभिगेसन प्रणाली समेत छ । यसमा डिभिडी प्लेयर र ब्लु–५ प्रविधि समेत छ । ब्लु–५ प्रविधि अनुसार ब्लुटुथको माध्यमबाट पाँचवटा मोबाइल फोन कनेक्सन गर्न सकिन्छ । 
कारमा स्वचालित हावापानी नियन्त्रण गर्ने प्रणाली समेत छ जसमा नर्मल, अटो र इकोनोमी मोड छ । नर्मल मोडले एयरकण्डिसन अनुसार तापक्रम सन्तुलन रहन्छ । अटो मोडले वाहिरको तापक्रम सेन्सरको माध्यमबाट सन्तुलनमा राख्छ । इकोनोमी मोडमा इन्धनको खपत कम गर्छ भने माइलेज बढाउँछ  भने एयरकण्डिसन इकोनोमी मोडमा जान्छ  । यो कारको मूल्य २६ लाख ९५ हजार तोकको छ । कम्पनीले दुई वर्ष वा ७५ हजार किलोमिटर वारेन्टी दिएको छ ।

Tata
GBIME