BIZMANDU
www.bizmandu.com

राष्ट्र बैंकको नाफा चार गुणा वढेर ३८ अर्ब ३० करोड पुग्यो, डलर किनबेचबाट ३० अर्ब ७६ करोड आम्दानी

२०७० जेठ ६

राष्ट्र बैंकको नाफा चार गुणा वढेर ३८ अर्ब ३० करोड पुग्यो, डलर किनबेचबाट ३० अर्ब ७६ करोड आम्दानी
राष्ट्र बैंकको नाफा चार गुणा वढेर ३८ अर्ब ३० करोड पुग्यो, डलर किनबेचबाट ३० अर्ब ७६ करोड आम्दानी

काठमाडौं । नेपाल राष्ट्र बैंकको नाफा एक वर्षमा चार गुणाले वढेको छ । केन्द्रीय बैंकको नाफा बढेर ३८ अर्ब ३० करोड ९२ लाख रुपैयाँ पुगेको हो । सरकारको समेत बैंक राष्ट्र बैंकले अघिल्लो वर्ष ९ अर्ब ७२ करोड रुपैयाँ नाफा थियो ।
कुल नाफामा सबैभन्दा वढी हिस्सा विदेशी मुद्रा विनिमयको छ । बैंकले डलरलगायत अन्य मुद्रा किनबेचबाट ३० अर्ब ७६ करोड रुपैयाँभन्दा वढी आम्दानी गरेको छ । अघिल्लो वर्ष विदेशी मुद्रा किनबेचबाट जम्मा १ अर्ब ८५ करोड रुपैयाँ मात्र आम्दानी भएको थियो । केन्द्रीय बैंकको आम्दानी सुनचाँदीबाट पनि वढेको छ । यसबाट बैंकको आम्दानी १ अर्ब ७० करोड रुपैयाँ पुगेको छ ।
राष्ट्र बैंकले स्वदेशी, विदेशी बैंक र अन्य एजेन्सीहरुलाई सापटी दिएर व्याज आम्दानी ८ अर्ब ५० करोड गरेको छ । अघिल्लो वर्ष ३ अर्ब ७६ करोड रुपैयाँ गरेको थियो ।
राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको व्यालेन्सिट अनुसार, नाफाको थोरै हिस्सा मात्र सरकारलाई लाभास शिर्षकमा वुझाइएको छ । राष्ट्र बैंकले गर्ने सम्पूर्ण नाफा सरकारको हुन्छ । राष्ट्र बैंक सञ्चालक समितिले गत कात्तिक २४ गते नै वासलात पारित गरेपनि सार्वजनिक भने यसै साता गरिएको हो ।

Tata
GBIME
Nepal Life