BIZMANDU
www.bizmandu.com

बीबी एयरवेज भदौबाट उड्ने, पहिलो स्टेशन मलेसिया, त्यसपछि जापान र हङकङ

२०६९ साउन १०

बीबी एयरवेज भदौबाट उड्ने, पहिलो स्टेशन मलेसिया, त्यसपछि जापान र हङकङ
बीबी एयरवेज भदौबाट उड्ने, पहिलो स्टेशन मलेसिया, त्यसपछि जापान र हङकङ


काठमाडौ । गैरआवासीय नेपालीको लगानीमा स्थापना भएको बीबी एयरवेजले भदौ २८ बाट मलेसिया उडान थाल्ने भएको छ । यो उडानसँगै मलेसियामा नेपाल वायु सेवा निगम, एयर एसिया र मलेसियन एयरको प्रतिस्पर्धा हुनेछ ।
निगम र एयर एसियाको सेवा सञ्चालनमा छ भने मलेसियन एयरले भदौ १६ मा उडान गर्दैछ । आठ वटा विजनेस सिटसहितको २ सय २ क्षमताको बोइङ ७५७–२०० इआरबाट यो उडान थाल्ने भएको हो ।

गैरआवासीय नेपाली संघका कोषाध्यक्ष एंव कम्पनीका अध्यक्ष भवन भट्टले उडानका लागि सबै तयारी पूरा भइसकेको जानकारी दिँदै उद्घाटन उडान मलेसियाबाट सुरु हुने बताए । उनका अनुसार मलेसियावाहेक जापान, हङकङ र ताइवानमा समेत उडान सुरु हुनेछ । एयरवेजले जापानमा अक्टोबर १३ तारिखदेखि साताको दुई उडान गर्नेछ ।
दशै तिहारलाई लक्षित गरेर उडान थालेका हौ, भट्टले भने । कम्पनीले काठमाडौदेखि टोकियोको दुईतर्फी भाडा एक लाख २० हजार तोकेको छ । एयरवेजले बुधवार र शनिबार काठमाडौ –टोकियो सिधा उडान गर्ने जनाएको छ । काठमाडौ –टोकियोको यो उडानको समयाअवधि ७ घन्टाको हुनेछ ।  ताइवानी विमान कम्पनी तोन्लेसापसंग भएको आईसीएमआई सम्झौताअनुरुप उडानको पहिलो ६ महिना तोन्लेसापले नै बिबि एअरवेजको व्यवस्थापनमा सञ्चालन हुने सो एअरवेजले जनाएको छ । बिबि एअरवेजले क्वालालम्पुर, हङकङ, बैंकक, नयाँदिल्ली, दोहा, सिंगापुर र टोकियोका लागि अन्तरराष्ट्रिय उडान भर्ने अनुमति पाएको छ ।

Tata
GBIME
Nepal Life