BIZMANDU
www.bizmandu.com

अन्तर बैंक नगद कारोबार: एक लाख जम्मा गर्दा परिचयपत्र अनिवार्य, शुल्क तोक्ने अधिकार बैकलाई

२०७४ माघ ७

काठमाडौं। अन्य बैंक तथा वित्तीय संस्थाहरुका जुनसुकै शाखामा नगद जम्मा गरी आफ्नो खाता रहेको बैकमा जम्मा गर्न सकिने भएको छ। राष्ट्र बैंकले आइतबार निर्देशन जारि गर्दै यसरी रकम जम्मा गर्दा अनिवार्य रुपमा रकम जम्मा गर्नेको परिचयपत्र माग्नु पर्ने ब्यवस्था गरेको छ।
 
बैंक तथा वित्तीय संस्थालाई नगद जम्मा गर्ने ब्यक्तिको पहिचान हुने सक्ने विवरण लिन निर्देशन जारि गरिएको हो। एक लाख रुपैयाँभन्दा वढि रकम जम्मा गर्न आउनेसँग परिचयपत्र लिनु पर्छ। साथै उसले नगद जम्मा गर्नुको प्रयोजनसमेत खुलाउनु पर्छ।
 
बैंकले हरेक शाखामा रकम जम्मा गर्न उपलब्ध गराउने फारममा कम्तिमा खाता रहेको बैंकको नाम, खाता नम्बर, खातावालाको नाम र रकम जग्मा गर्ने ब्यक्तिको नाम उल्लेख हुनु पर्ने ब्यवस्था राष्ट्र बैंकले गरेको छ। साथै ग्राहकलाई रकम जम्मा गरेको निस्सा उपलब्ध गराउन पनि निर्देशन दिएको छ।
 
तोकिएको बैंक तथा वित्तीय संस्थाको खातामा कुनै कारणवश रकम जम्मा हुन नसकेमा त्यसको जानकारी रकम जम्मा गर्ने ब्यक्तिलाई गराउन पनि निर्देशन दिइएको छ। यसरी रकम जम्मा गर्दा कति शुल्क लाग्ने हो त्यसको जानकारी ग्राहकलाई दिन पनि निर्देशनमा भनिएको छ।

Tata
GBIME
Nepal Life