BIZMANDU
www.bizmandu.com

ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा मनोज ज्ञवाली, केन्द्रीय बैंकको समेत अनुभव

२०७४ माघ १

ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा मनोज ज्ञवाली, केन्द्रीय बैंकको समेत अनुभव
ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा मनोज ज्ञवाली, केन्द्रीय बैंकको समेत अनुभव

काठमाडौं। ज्योति विकास बैंकले प्रमुख कार्यकारी अधिकृतमा मनोज ज्ञवालीलाई नियुक्त गरेको छ। कृष्णवहादुर कुँवरको दुई कार्यकाल पुरा भएर बाहिरिने भएपछि ज्ञवाली आगामी चार बर्षका लागि नियुक्त भएका हुन्।
 
प्रमुख कार्यकारी हुनुअघि ज्ञवाली ज्योतिमै डेपुटी कार्यकारी प्रमुखसमेत थिए। चार्टर्ड एकाउन्टेन्ट ज्ञवालीसँग नियामक नेपाल राष्ट्र बैंकमा समेत काम गरेको अनुभव छ। उनको बैंकिङ तथा पूँजी बजारमा करिव १३ बर्षको अनुभव छ। 
 
उनले केन्द्रीय बैंकको कोष ब्यवस्थापनमा चार बर्ष काम गरेका थिए। त्यसपछि बाणिज्य बैंकहरुमा उनले काम गरेका थिए।

Tata
GBIME
Nepal Life

उनी मूख्य बित्त अधिकृत, सञ्चालन प्रमुखलगायत भएर माथिल्लो ब्यवस्थापनमा बसेर काम गरेका थिए। ग्लोबल आइएमइ बैंक, इन्भेष्टमेन्ट बैंकिङ कम्पनीमा काम गरेको पनि उनीसँग अनुभव छ। यसैगरी उनी जलविद्युत विकास कम्पनीमा काम गरेको पनि अनुभव छ।