BIZMANDU
www.bizmandu.com

नेपाल टेलिकमले पारित गर्यो ५५ प्रतिशत नगद लाभांश, मंगलबारदेखि लाभांश वितरण हुने

२०७४ पुष ३०

काठमाडौं।नेपाल टेलिकमले ५५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।टेलिकमको १०औं साधारणसभाले यो नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

Tata
GBIME
Nepal Life

मंगलबारदेखि नगद लाभांश वितरण गर्ने जनाएको छ।कम्पनीले गत आर्थिक वर्षमा १५ अर्ब ३७ करोड खुद मुनाफा गरेको थियो।यही मुनाफाबाट कम्पनीले नगद लाभांश दिने भएको हो।कम्पनीका अध्यक्ष संचार मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले गुणस्तरीयतासँगै सेवा विस्तारलार्इ प्राथमिकतामा राखेको बताए।उनले टेलिकममा रणनीतिक साझेदारका लागि परामर्शदाताले आफ्नो काम अन्तिम चरणमा पुर्याएको बताए।

साधारणसभाले चालु आर्थिक वर्षको लागि कुमार कर्ण र अच्युतराज जोशीलाई चार्टर्ड एकाउन्टेन्टमा नियुक्त गरेको छ। साधारणसभाले सर्वसाधारण शेयरधनी मध्येबाट निर्वाचित हुने सञ्चालकको कार्यकाल नियुक्त भएको तीन वर्ष वा तीन वटा साधारणसभा वस्ने मितिमा जुन पहिला हुन्छ त्यसैलार्इ मान्ने भएको छ।