BIZMANDU
www.bizmandu.com

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको लाभांश घोषणा, शेयरधनीले पाउने भए ५०% बोनस शेयर

२०७४ पुष २८

काठमाडौँ। फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स बित्तीय संस्थाले गत बर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले गत बर्षको मुनाफाबाट चुक्ता पूँजी २० करोड रुपैयाँ बराबरको ६५ प्रतिशत लाभांश घोषणा गरेको हो। कम्पनीले ५० प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश  दिने भएको  जनाएको छ।

संस्थाका अनुसार घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंक र साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउने छन्। कम्पनीको ५० प्रतिशत बोनस पश्चात चुक्ता पूँजी ३० करोड रुपैयाँ पूग्ने छ।

गत बर्ष कम्पनीले २५ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो। चालु आर्थिक बर्षको पहिलो त्रैमासमा कम्पनीले  ६ करोड ७८ लाख रुपियाँ खुद मुनाफा आर्जन गरेको जनाएको छ।