BIZMANDU
www.bizmandu.com

नेप्से फेरी चिप्लियो, म्युचुअल फण्ड नियमावलीको भ्रमले बढेको बजार घट्यो

२०६९ साउन ९

नेप्से फेरी चिप्लियो, म्युचुअल फण्ड नियमावलीको भ्रमले बढेको बजार घट्यो
नेप्से फेरी चिप्लियो, म्युचुअल फण्ड नियमावलीको भ्रमले बढेको बजार घट्यो

काठमाडौं । म्यचुअल फण्ड नियमावली आएको खबरसँगै लगातार दुई दिन बढेको नेपालको सेयर बजार तेस्रो दिन टिक्न सकेन । मंगलबार परिसूचक २.०७ अंकले तल झर्दै ४०६.२८ अंकमा बन्द रह्यो । मंगलबारको गिरावट पाँच दिन यता पहिलो पटक हो । कारोबार सुरु भएको आधा समय पुग्दा नेप्से घटेर ४०० को आसपासमा आएको थियो पछि फेरी परिसूचक बढेपछि ठुलो गिराबट हुनबाट जोगिएको थियो । म्युचुल फण्ड नियमावली आए पनि बजारमा ठुलो परिवर्तन हुने हल्ला फिंजाउँदै सो सम्बन्धि नियममावली पारित भएको पहिलो दिन बजार बढाईएको थिया ।
आईतबारको बजार बृद्धिमा लगानीकर्ताको म्युचुअल फण्डप्रतिको अपूर्ण बुझाईको मूख्य हात रहको देखिन्छ । धेरै लगानीकर्ताहले म्युचुअल फण्ड बजारमा आए पनि बजार बृद्धि भई उच्च लाभ प्राप्त गर्न सक्ने अपेक्षा गरेका छन् । म्युचुअल फण्डले सेयरको मूल्य बढाउने नभई साना लगानीकर्ताहरुलाई बजार प्रवेशको बाटो खोल्ने मात्रै हो ।
म्युचुअल फण्डले दोस्रो बजारमा सूचीकृत कम्पनीका सेयरहरु फोर्टफोलिया बनाई खरिद गर्छ र सो फण्डको सेयर न्युनतम मुल्य (सामान्यतया प्रति सेय १० रुपैंयाँ) मा बिक्रि गर्छन । सस्तोमा सेयर पाइने हुनाले धेरै लगानीकर्ता बजारमा प्रवेश गर्न सक्छन जसले बजारलाई स्थायीत्वता प्रदान गर्न मद्दत गर्छ । म्युचुअल फण्ड संचालमा आएपछि बजार घटाउन बढाउनमा हाल मूख्य भूमिका खेलिरहेका लगानीकर्ताहरुको प्रभाव कमजोर हनु जान्छ । जसले साना लगानीकर्ताहरु सुरक्षित हुनसक्छन् ।
अघिल्लो मंगलबार देखि लगातार बृद्धिउन्मुख रहेको नेप्से परिसुचक मंगलबार कै दिन घटेको हो । यस दिन मुख्य परिसूचक सँगै होटल र अन्य बाहेक सबै उपसूचकहरुमा गिरावट आएको छ । होटल १.१ प्रतिसतले र अन्य समूह ०.७५ प्रतिसतले बढ्यो । यसैगरी जलविद्यूत १.८२ प्रतिसतले र बैंकिङ ०.९६ प्रतिसतले घटेको छ ।
कारोबार रकममा समेत मंगलबार गिरावट आएको छ । आईतबार र सोमबार दुवै दिन ९ करोड भन्दा बढीको कारोबार भएकोमा मंगलबार ७ करोड ६६ लाखको मात्रै कारोबार भयो । विगत दुई दिन झैं मंगलबारपनि चिलिमे हाईड्रोपावर नै उच्च कारोबार हुने कम्पनीमा रहन सफल भएको छ । चिलिमेको १ करोड ३३ लाख र दोस्रो स्थानको किष्ट बैंकको ९२ लाख रुपैंया बराबरको सेयर कारोबार भएका छन्  ।
उच्च मुल्य घटने कम्पनीहरुमा फस्र्ट माइक्रोफाइनान्स डेभलपमेण्ट बैंक र रिलायबल फाइनान्स रहेका छन् । फस्र्ट माइक्रोफाइनान्सको मूल्य प्रति सेयर ९ रुपैंया (५.६६ प्रतिसत) र रिलायवल फाइनान्सको सेयर प्रति सेयर ९ रुपैंयाले (५.९९ प्रतिसत) घटेको छ ।
यसैगरी उच्च मूल्य पाउने कम्पनीहरुमा रहेका कर्णाली विकास बैंकको सेयर मुल्य प्रति सेयर ६ रुपैंया (९.३८ प्रतिसत) र मालिका विकास बंैकको प्रति सेयर ११ रुपैंयाले (९.०२ प्रतिसत) बढेको छ ।
रोयल मर्चेन्ट, अपि र राराको कारोबार स्थगित
मंगलबारदेखि अर्काे सूचना नभएसम्मकालागि नेप्सेले रोयल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, अपि फाइनान्स र रारा विकास बैंकको सेयर कारोबार रोक्का गरेको छ । यी तीन कम्पनीहरु मर्जरको प्रक्रियामा गएकोले सेयर कारोबार रौक्का गरिएको नेप्सेले जनाएको छ ।

Tata
GBIME
Nepal Life