BIZMANDU
www.bizmandu.com

एक महिनामा पहेंलो धातुको मूल्य २३ सयले बढ्यो, बिहीबार सुन तोलाको ५६ हजार ४ सय

२०७४ पुष २७

काठमाडौँ। बिहीबार सुनको भाउ एकै दिन चार सय रुपैयाँले बृद्धि हुँदा प्रति तोला सुनको भाउ ५६ हजार चार सय रुपैयाँ भएको छ। बुधबार प्रति तोला सुन ५६ हजार रुपैयाँमा कारोबार भएको थियो।

Tata
GBIME
Nepal Life

बिहीबारको मूल्य पछिल्लो एक महिनामा सबैभन्दा बढी भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। एकमहिना अघि प्रति तोला सुनको भाउ ५४ हजार एक सय रुपैयाँ थियो। एक महिनामा सुनको भाउमा २३ सय रुपैयाँले बृद्धि भएको हो।

चाँदीको भाउ पनि बढेको छ। बिहीबार चाँदीको मूल्यमा पाँच रुपैयाँले बृद्धि भएको छ। चाँदी प्रतितोलाको सातसय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

एक महिनामा चाँदीको भाउ पनि ३५ रुपैयाँले बढेको छ। एक महिना अघि चाँदीको मूल्य सात सय १५ रुपैयाँ थियो।