BIZMANDU
www.bizmandu.com

सिजीले ल्यायो ‘ एलजि टिभी एक्सचेन्ज अफर’, पुरानो टिभीसँग साँट्दा २३ हजार छुट पाइने

२०७४ पुष २६

काठमाडौं। सिजी इलेक्ट्रोनिक्सले एलजि टिभी एक्सचेन्ज अफर ल्याएको छ। कम्पनीले कुनै पनि ब्राण्डको टेलिभिजन लगेमा एलजि टिभीमा छुट पाउने जनाएको छ।

कम्पनीले जारी गरेको प्रेस बिज्ञप्ती अनुसार पुरानो टेलिभिजनसँग साँट्दा २२ हजार ९९० रुपैयाँसम्मको छुट पाइनेछ।

Tata
GBIME
Nepal Life

कम्पनीले टिभी एक्सचेन्जमा २ वर्षको वारेन्टी दिने समेत जनाएको छ।

नेपालमा चौधरी ग्रुप अन्तर्गत सिजी इम्पेक्स प्रालिले एलजि ब्राण्डको बिक्री बितरण गर्दै आएको छ।