काठमाडौँ । सन् १८८० मा सुरुवात् भएको टुवोर्ग बियरले आफ्नो स्थापनाको १३३ औँ वर्ष पुरा गरेको छ । डेनमार्कमा स्थापना भई, सुरुवात् देखिनै ख्याती बटुलेर, त्यहाँका उपझोक्ताहरुको मन जित्न सफल टुबोर्ग हाल ७५ भन्दा बढि देशमा लोकप्रिय बियरका रुपमा रहेको छ । सन् १९९० मा नेपालमा पहिलो अन्तर्राष्ट्रिय ब्राण्डको रुपमा, टुर्बोग वियरलाई गोर्खा ब्रुअरीले नेपालमा उत्पादन सुरु गरेको हो । नेपाली उपझोक्ता माझ व्यापक लोकप्रिय बनि टुबोर्ग, नेपाली वियर ब्राण्डविच सबैभन्दा बढि शेयर ओगट्न सफल बियरको रुपमा उभिएको छ ।
सन् १९९० मा टुबोर्गको प्रायोजनमा गरिएको हात्ती पोलो प्रतियोगिताको फाइल तस्वीर
टुबोर्गको ६५० मि.ली बोतल, ३३० मि.ली र ५०० मि.ली सहज क्यान बजारमा उपलब्ध भएको यो बियर मौलिक स्वाद र सहज पहुँचका कारण सबै उमेर र वर्गका ग्राहकका मन जित्न सफल भएको कम्पनीले दावी गरेको छ । संगितसँगको टुबोर्गको सम्बन्धको कारण, टुबोर्ग दिनहुँ जीवनको अभिन्न हिस्सा बन्दै आएको समेत कम्पनीको प्रेस विज्ञप्तिमा छ । संगितसँगको बलियो समागमनको साथ–साथै देशभर बिभिन्न विधाका साँगीतिक कार्यक्रमहाई एउटा मञ्च प्रधान गर्दै “टुबोर्ग स्टेज”मार्फत टुबोर्ग आफ्नो सँगितप्रेमी उपझोक्ताहरु माझ पुग्दै आएको कम्पनीले जानकारी दिएको छ । हालसम्म “टुबोर्ग स्टेज” मार्फत देशभर ४१ वटा साँगितीक कार्यक्रम आयोजना भई सकेका छन् ।
हालै टुबोर्ग स्टेज अन्तरगर्त सँगितसँगको सम्बन्धलाई अझै मजबुत पार्न टुबोर्गले टुवोर्ग स्टेज इन्टरनेशनल म्युजिक फेष्टिवल २०१३ को आयोजना गर्यो । काठमाडौको विभिन्न स्थानमा सँगितका विख्यातको जीवनमा आधारीत दुर्लभ फिल्म प्रदर्शन गरि, नेपालमै पहिलो चोटि सँगितप्रेमी उपझोक्ताहरुलाई सँगित र रमझमको रमाइलो समिश्रणको एउटा नौलो अनुभूती प्रदान गरेको गोर्खा बु्रअरीले जारी प्रेस विज्ञप्तिमा छ । यस वर्ष टुबोर्गले आफ्नो १३३ औँ बार्षिकोत्सवमा आफ्ना देशभरका उपझोक्तासँग मनाउने जानकारी दिएको छ । हरेक बर्ष अझै सँगित र रमझम थप्दै आएको टुबोर्गले आफ्नो ब्राण्डको सारलाई सार्थक बनाई रहेको दावी पनि कम्पनीले गरेको छ । टुबोर्गले रमाइलो यहाँबाट सुरु हुन्छ भन्ने नाराका साथ यो वर्षको कार्यक्रम तय गरेको छ ।