BIZMANDU
www.bizmandu.com

माइक्रोससफ्टको सर्फेस विरुद्ध एप्पलको आइपड तपाईले जान्नुपर्ने आठ तथ्य

२०६९ असार १५

माइक्रोससफ्टको सर्फेस विरुद्ध एप्पलको आइपड तपाईले जान्नुपर्ने आठ तथ्य
माइक्रोससफ्टको सर्फेस विरुद्ध एप्पलको आइपड तपाईले जान्नुपर्ने आठ तथ्य

आफ्नो मृत्युपूर्व स्टिभ जव्सले पस्रनल कम्प्युटरको युग समाप्त भएको घोषणा गरेका थिए त्यसको दुई वर्षपछि संसारकै तेस्रो धनी विल गेट्सको कम्पनी माइक्रोसफ्टले स्टिभको ुकि्रयशनु आइप्याडलाई चुनौती िदंदै सर्फेस ट्यावलेट सार्वजनिक गरेको छ । सर्फेस बजारमा ल्याएर सफ्टवेयरको दुनियाँमा राज गर्ने माइक्रोसफ्ट ट्यावलेट बजारको प्रतिश्पर्धामा उत्रिएको छ तर यी दुईवीच एउटा के समानता छ भने दुवै कम्पनीले तेस्रो प्रतिश्पर्धी गुगलको एन्ड्रोइड अपेरेटिङ सिस्टम प्रयोग गरिरहेका छन् । त्यसो भए माइक्रोसफ्टले आइप्याडलाई कहाँ देला चुनौती कहाँ खान्छ मार एउटा विश्लेषण ।

Tata
GBIME
Nepal Life


चुनौती आइप्याडलाई : आइप्याड लन्च गरेको दुई वर्षपछि सार्वजनिक माइक्रोसफ्टको सर्फेस ट्यावलेट बजारमा यी दुई उत्पादनवीच प्रतिश्पर्धा हुने पक्का छ ।

१. चौंडाइ र तौल
विन्डोज सर्फेस ९।३ मिलिमिटर मोटाइको छ जहाँ एप्पलको नयाँ आइपड ९।४ मिलिमिटर मोटाइको छ । सर्फेस ६७६ ग्रामको छ भने आइप्याड ६५२ र ६६२ ग्राम तौलको छ ।

२. स्क्रिनको साइज र रिजोलुसन
दुवै श्रेणीका सर्फेस विन्डोज आरटी र विन्डोज ८ प्रोको स्क्रिन १०।६ इन्चको छ भने यी दुवैमा क्लियर टाइप एचडी टेक्नोलोजीको डिस्प्ले छ । अल्ट्रा वाइड एन्गल भएको सर्फेसमा सूर्यको प्रकाश अनुसार परिवर्तन हुने स्क्रिन छ । उता एप्पलको आइप्याडमा ९।७ इन्च एलइडी व्याकलाइट भएको २०४८८१५३६ पिक्सेल रिजोलुसनको आइपिएस प्रविधीको स्क्रिन छ ।

३. क्यामेरा
दुवै भस्रनका सरफेस ट्वालेट दुईवटा क्यामेरालाई सर्पोट गर्छन एउटा क्यामरा पछि हुन्छ भने अर्को क्यामरा अघि हुन्छ जसलाई लाइफक्याम भनिएको छ तर कम्पनीले अहिलेसम्म यो क्यामरा कति मेगापिक्सेलको छ भन्ने जानकारी दिएको छ । एप्पलको नयाँ ट्यावलेमा पाँच मेगापिक्सेलको आइसाइट क्यामरा सर्पोट गर्दछ । यो क्यामराले अटोफोक्स गर्छ भने प्रतिसेकेण्ड ३० प्रुेममा १०८० पिक्सेलमा एचडी भिडियो रेकर्ड गर्न सक्छ । आइप्याडमा फेसटाइम क्यामेरा पनि छ यसले भिजिए गुणस्तरका तस्वीर खिच्न सक्छ ।

४. अपरेटिङ सिस्टम
अपरेटिङ सिस्टमका हिसावमा माइक्रोसफ्ट सर्फेसका दुईवटा भेराइटी छन् विन्डोज आरटि र विन्डोज ८ प्रो । उता एप्पल आइप्याड वाइफाई वाइफाई मोवाइल दुवै आईओएस ५ मा साचालन हुन्छन् । यी दुवै छिट्टै आउन लागेको आईओएस ६ प्रविधीमा अपग्रेट गर्न सकिनेछ ।

५. कनेक्टिभिटी
माइक्रोसफ्ट सर्फेसको आरटी भस्रनमा माइक्रो एसडी युएसबी २।० माइक्रो एचडी भिडियो र २८२ मिमो एन्टेनाए कनेक्टिभिटि अपसन छ । सर्फेस ८ प्रोमा आइक्रो एसडिएक्ससि युएसवी ३।० मिनि डिस्प्ले प्रोर्ट भिडियो र २८२ मिमो एन्टेनाए सर्पोछ गर्छ । दुवैले स्टेरियो स्पिकर र दईवटा माइक्रोफोनलाई सर्पोछ गर्छ । उता एप्पल आइप्याडको वाइफाई भस्रनले ३० पिन डक कनेक्टर पोर्ट ३।५ एमएम स्टेरियो हेडफोन मिनिज्याक माइक्रोफोन व्लुटुथ ४।० लाई सर्पोट गर्छ भने ट्यावलेट वाइफाइ सेलुलर मोवाइल भस्रनले माइक्रो सिम कार्ड पनि सर्पोछ गर्छ ।

६.कभर
एप्पलको स्मार्ट कभरमा प्रभावित भएर सर्फेसले किकस्ट्यान्ड जोडिएको कभर सुविधा दिएको छ । दुवै प्रकारका सर्फेसमा किबोर्ड सुविधा छ भने तीन मिलिमिटर मोटाइको ट्याकप्याडले प्रोटेक्ट गरेको छ । यो पाँच रंगमा उपलब्ध संवेदनशिल टच कभरले छोपिएको छ । उता आइप्याडलाई स्मार्ट कभरले संरक्षण गरेको छ भने यसलाई पट्याएर टेवलमा होरिजन्टल्ली राख्न सकिन्छ । आइप्याड कभर १० वटा रंगमा उपलब्ध छ ।


रंग-रंगमा : सर्फेसको कभर १० वटा कलरमा उपलब्ध छ भने आइप्याडको कभर अहिलेसम्म छ कलरमा मात्र छ ।

७. स्टोरोज क्षमता
सर्फेस आरटीमा ३२ र ६४ जिबी क्षमता छ भने विन्डोज ८ प्रो ६४ र १२८ जिबी क्षमतामा छ । एप्पल आइप्याडमा १६ ३२ र ६४ जिबी क्षमता राख्न सकिने अप्सन छ ।

८. मूल्य
माइक्रोसफ्टले अहिलेसम्म पनि सर्फेस ट्यावलेटको मूल्य सार्वजनिक गरेको छैन । कम्पनीको दावी के छ भने यो इन्टेल अल्ट्राबुक र बजारमा उपलब्ध ट्यावलेटसँग प्रतिश्पर्धी हुनेछ । एप्पलको आइप्याडको मूल्य त्यसको क्षमता हेरी नेपालमा ५२ हजार रुपैयाँदेखि ८५ हजार रुपैयाँसम्म पर्दछ ।