BIZMANDU
www.bizmandu.com

नेपाल टेलिकमको सेयर मूल्य नौ महिनाकै न्युन मूल्यमा, आइतवार पनि आठ रुपैयाँ घट्यो

२०७० बैशाख २९

नेपाल टेलिकमको सेयर मूल्य नौ महिनाकै न्युन मूल्यमा, आइतवार पनि आठ रुपैयाँ घट्यो
नेपाल टेलिकमको सेयर मूल्य नौ महिनाकै न्युन मूल्यमा, आइतवार पनि आठ रुपैयाँ घट्यो


काठमाडौं । नेपाल टेलिकमको सेयर मूल्य आइतवार नौ महिना यताकै न्युन विन्दुमा पुगेको छ । चालु आर्थिक वर्षको सुरुवातमा ४७० भन्दा माथिबाट कारोवार भएको टेलिकमको सेयर मूल्य ६९० रुपैयाँको अधिकत्तम स्तरसम्म पुगेको थियो । एक महिना अघिसम्म पनि प्रतिकित्ता छ सयभन्दा माथि कारोवार भैरहेको टेलिकमको सेयर मूल्य आइतवार आठ रुपैयाँ घटेपछि नौ महिना यताकै न्युन विन्दुमा पुगेको हो । आइतवार टेलिकमको प्रतिसेयर ५२६ रुपैयाँमा कारोवार भयो, यसले अन्य समूहको सूचक ९.३९ अंकले तल झर्यो । यो बीचमा टेलिकमले सेयरधनीलार्इ प्रतिकित्ता ४८ रूपैयाँ नगद लाभांस वितरण गरिसकेको छ ।
बैंकिङ्ग समूह पनि २.०७ अंकले तल झर्दा नेप्सेको मुख्य सूचक पनि २.६६ अंक तल ४८३.६२ अंकमा बन्द भयो । आइतवार होटल समूहको सूचकबाहेक अन्य सबै सूचकमा रातो रंग चढ्यो । तेस्रो त्रैमासमा मुनाफा बढाएको वित्तीय विवरण सार्वजनिक गरेपछि अरुणभ्यालीको सेयर आइतवार ११ रुपैयाँले बढेर प्रतिकित्ता २८० पुग्यो । कम्पनीले आइतवार मात्रै मुनाफा बढेको वित्तीय विवरण सार्वजनिक गरेको थियो ।
छिमेक लघुवित्तको सेयर १२ रुपैयाँले घटेर ४२० मा, चिलिमेको १० रुपैयाँ घटेर १०९७ मा, हिमालयन बैंकको १३ रुपैयाँ घटेर ६८२ मा कारोवार भयो । नविल बैंकको प्रवद्र्धक सेयर २१ रुपैयाँ बढेर १०७६ मा कारोवार भयो भने नेपाल बंगलादेश बैंकको सेयर १५ रुपैयाँ घटेर २६२ मा ओर्लियो ।  निर्धन उत्थान बैंकको सेयर २४ रुपैयाँ बढेर २६८ मा, टुरिज्म विकास बैंकको १४ रुपैयाँ घटेर ८१ रुपैयाँमा कारोवार भयो ।

Tata
GBIME
NLIC