BIZMANDU
www.bizmandu.com

पर्यटकीयस्थल सौराहा जाँदै हुनुहुन्छ? पर्यटकलार्इ पनि आचारसंहिता, यो कुरालार्इ ख्याल गर्नुस

२०७४ पुष २

काठमाडौं।चितवनको पर्यटकीय नगरी सौराहा जाँदै हुनुहुन्छ?सौराहामा रहँदा भने केही विषयलार्इ ख्याल गर्नुपर्नेछ।

Tata
GBIME
Nepal Life

क्षेत्रीय होटल संघ चितवनले होटल,रेष्टुरेन्ट तथा पर्यटन व्यवसायसँग आवद्ध आचारसंहिता लागु गरेको छ।त्यो आचारसंहिता सौराहा जाने पर्यटकले समेत पालना गर्नुपर्नेछ।संघका अनुसार जाडोको समयमा रेष्टुरेन्ट र पसल राती ११ बजेसम्म मात्रै खुल्नेछ भने गर्मियाममा १२ बजेसम्म मात्रै खुल्ने नियम बनाएको छ। सौराहालार्इ शनिबारदेखि हर्न निषेधित क्षेत्र घोषणा गरिएको छ।

पर्यटन क्षेत्रमा पर्ने बाटो र सार्वजनिक स्थलमा पार्किङ निषेधित गरिएको संघले जनाएको छ।होटल तथा रिर्सोटमा आउने पर्यटकले परिचय खुल्ने प्रमाणपत्र राख्नुपर्ने नियम संघले बनाएको छ।संघले स्कुल,क्याम्पस र शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थी ड्रेसमा आएमा कोठा नदिने तर अभिभावकको जिम्मेवारीमा दिइने जनाएको छ।

हाती,जीप सफारी र जंगल वाकमा प्लाष्टिक जन्य कुनैपनि सामान लैजान प्रतिवन्ध लगाएको छ।संघले चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा अनुमति विना ड्रोन उडाउन रोक लगाएको जनाएको छ।संघले किराना पसल र मदिरा पसलको पेटीमा मदिरा सेवन गर्न रोक लगाएको छ।संघका अध्यक्ष सुमन घिमिरेले सौराहाको पर्यटनलार्इ व्यवस्थित बनाउन आचारसंहिता ल्याएको बताउँदै यसले सौराहाको पर्यटनलार्इ मजवुत बनाउने दाबी गरे।