BIZMANDU
www.bizmandu.com

आइएमर्इबाट पैसा पठाउने निलमणि रोकायले जिते दश लाख रुपैयाँ, मलेसियाबाट पैसा पठाएका थिए रोकायले

२०७४ मंसिर २८

काठमाडौं।मलेसियाबाट आइएमर्इमार्फत नेपाल पैसा पठाएका निलमणि रोकायले दश लाख रुपैयाँ पुरस्कार पाएका छन्।

Tata
GBIME
Nepal Life

कम्पनीले दशैं, तिहार र छठपर्वलाई लक्षित गरी ल्याएको ‘आइएमई छक्का–पञ्जा’अफरको वम्पर उपहार अन्तर्गत रोकायले दश लाख नगद पुरस्कार पाएका हुन्।सफ्टवेयरमार्फत लक्की ड्र गर्दा उनले पुरस्कार पाएका हुन्।जापानबाट पैसा पठाउने राजिव थापाले ६ लाख रुपैयाँ बराबरको जीवन बीमा पाएका छन्।

लक्की ड्र कार्यक्रममा आइएमर्इ समूहका प्रवन्ध निर्देशक हेमराज ढकाल, आइएमर्इ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, आइएमर्इका ब्राण्ड एम्बेसडरद्धय दीपकराज गिरी र दीपाश्री निरौला उपस्थित थिए।प्रवन्ध निर्देशक ढकालले आइएमर्इले सेवालार्इ प्रभावकारी बनाउँदै चाडपर्वमा पुरस्कार योजना ल्याउने गरेको बताए।कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोखरेलले छक्का-पञ्जा योजनाले सेवाग्राही र व्यवसायिक साझेदारहरुको सम्वन्धलार्इ पुर्नजाजकीकरण गरेको बताए।