BIZMANDU
www.bizmandu.com

ओलीले भने, ‘१० लाख रुपैयाँभन्दा बढी रकम झिक्न बन्देज लगाएपछि कसरी लगानीको वातावरण बन्छ?’

२०७४ मंसिर २८

काठमाडौँ। चुनावपछि सबैभन्दा ठूलो दल बनेको नेकपा एमालेका अध्यक्ष केपी ओलीले सम्पत्ति शुद्धिकरणका नाममा व्यवसायीहरुलाई आफ्नो पूँजीलाई सहज ढंगले परिचालन गर्न रोक लगाएकोमा असन्तुष्टि जनाएका छन्।

Tata
GBIME
Nepal Life

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्षहरुको ज्ञापन पत्र आफ्नै निवास बालकोटमा बुझेपछि उनले भने, ‘आफ्नै खाताबाट १० लाख रुपैंयाभन्दा बढी रकम झिक्न बन्देज लगाए पछि लगानीको वातावरण कसरी बन्छ?’ओलीको निजी सचिवालयद्वारा प्रेषित विज्ञप्तिका अनुसार ओलीको प्रश्न थियो, ‘सरकारको काम लगानीमैत्री वातावरण बनाएर व्यवसायीसँग कर उठाउने हो, तर अनावश्यक बखेडा झिकेर गैर कानुनी रकम आर्जन गर्ने होइन। ’

ओलीले ०४६ सालपछि कांग्रेसको पालामा देशका ३८ वटा उद्योग बेचिएको आरोप लगाए। ०४६ सालको परिवर्तन पछि देशमा निजीकरणका नाममा भ्रष्टीकरण भएको भन्दै उनले थपे, ‘निजीकरण र उदारीकरणका नाममा देशमा भएका ३८ वटा उद्योगहरु काँग्रेसको पालामा बेचिए।जसले गर्दा स्वेदशमा भएको रोजगारीसमेत गुमेर आज लाखौं युवा खाडीमा पसिना बगाइरहेका छन्।’

बेचिएका उद्योगहरुसहित अन्य उद्योगको निर्माणमा आगामी सरकारले जोड दिने सुनाए ।