BIZMANDU
www.bizmandu.com

वेबसाइटमा समस्याले नेप्सेको प्रत्यक्ष कारोबार हेर्न कठिन, कारोबार पाँच बजेसम्म हुने

२०७४ मंसिर २८

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)को वेबसाइटमा समस्या देखिएको छ। समस्याका कारण ब्रोकर कम्पनी बाहेकका लगानीकर्ताले  प्रतक्ष कारोबार हेर्न पाएका छैनन्।

Tata
GBIME
Nepal Life

गएराति नेप्से कार्यालयको पहिलो तलामा आगलागी भएका कारण बिद्युत आपूर्ति बन्द भएको थियो। सोही कारण नियमित कारोबार पनि ढिलो सुरु भएको थियो।

वेबसाइटमा आएको समस्यालाई हटाउन प्रयत्न भैरहेको नेप्सेले जनाएको छ। करिब आधा घण्टामा समस्या समाधान भै साइट सुचारु हुने नेप्सेले जनाएको छ।
हालसम्मको कारोबारमा शेयर बजार परिसूचक २.८३ अंकले घटेको छ भने २२ करोड रुपैयाँको कारोबार भएको छ। बिहीबार बेलुकी पाँचबजेसम्म शेयर  कारोबार हुने नेप्सेले जानकारी दिएको छ।