BIZMANDU
www.bizmandu.com

शेयर कारोबारमा भ्याट कार्यान्वयन मुद्दा फेरी चर्कियो, चार महिना अघि मथ्थर भएको विवाद किन आयो?

२०७४ मंसिर २७

काठमाडौँ।शेयर कारोबारमा भ्याट कार्यान्वयन बारे फेरी विवाद सुरु भएको छ।आन्तरिक राजस्व कार्यालयले ब्रोकर कम्पनीलार्इ भ्याटमा दर्ता हुन आउन भन्दै पत्र काटेपछि विवाद सुरु भएको हो।

Tata
GBIME
Nepal Life

झण्डै चार महिना अघि महालेखा परीक्षकको कार्यालयले ब्रोकर कमिसनमा भ्याट नलगाइएको भन्दै अर्थमन्त्रालयलाई बेरुजु लेखेपछि आन्तरिक राजस्व विभागले शेयर ब्रोकरहरुको कमिसनमा धमाधम भ्याट मूल्यांकन गरेपछि ब्रोकर कम्पनीले कारोबारनै ठप्प पारेर हड्तालमा उत्रिएका थिए।नेपाल स्टक ब्रोकर एशोसिएसन र अर्थमन्त्रालयबीच विगतको भ्याटको समस्या मोडालिटी बनाएर सल्टाउने र अबदेखि भ्याटको दायरामा आउनेगरि दिएको विकल्पमा ब्रोकर सहमत भएपछि कारोबार सुचारु भएको थियो।

तर अचानक कार्यालयले भ्याट कार्यान्वयनका लागि केही दिन अघि पत्र काटेपछि यो विवाद चर्किएको हो।कार्यालयले चालु आर्थिक वर्षको मंसिर २५ गते सम्मको भ्याट निर्धारण गरि त्यस अबधिसम्मको जरिवाना, ब्याज तथा थप दस्तुर गणनागरि अन्तिम कर निर्धारण हुने जनाएको छ।कार्यालयको पत्रसँगै शेयर बजारमा सम्वद्ध सरोकारवालाले भ्याट कार्यान्वयनको विरोध गरेका छन्।
 

१९ वर्ष देखि धितोपत्र दलाल सेवालाई वित्तीय सेवा मान्दै दर्ता नभएको जनाउँदै मूल्य अभिवृद्धि कर निर्देशिका२०६९(पहिलो संशोधन २०७३)को दफा ४.१७ मा वित्तीय सेवामा शेयर वा ऋणपत्र वा अन्य धितोपत्रको निष्कासन वा ब्यबस्थापन वा शेयर खरिद बिक्रीसँग सम्बन्धित सेवा लाई वित्तीय सेवा भनि ब्याख्या गरिएको बिज्ञप्तिमा उल्लेख छ। 
 
स्पस्ट कानुनी व्यवस्थाको प्रतिकुल हुने गरि पत्राचार गरिएको भन्दै ब्रोकर एसोसिएसन, इन्भेस्टर फोरम, शेयर लगानीकर्ता संघ र नेपाल पूँजी बजार लगानीकर्ता संघले पूँजी बजारलाई नकारात्मक प्रभाव पर्ने निर्णय तत्काल फिर्ता लिन आग्रह गरेको छ।