BIZMANDU
www.bizmandu.com

चिनियाँ ब्राण्डको मोबाइल फेरी थपियो, आइभूमि ब्राण्डको मोबाइलको मूल्य ६ हजार रुपैयाँबाट सुरु

२०७४ मंसिर २७

चिनियाँ ब्राण्डको मोबाइल फेरी थपियो, आइभूमि ब्राण्डको मोबाइलको मूल्य ६ हजार रुपैयाँबाट सुरु
चिनियाँ ब्राण्डको मोबाइल फेरी थपियो, आइभूमि ब्राण्डको मोबाइलको मूल्य ६ हजार रुपैयाँबाट सुरु

काठमाडौं।नेपाली बजारमा अर्को चिनियाँ ब्राण्ड आइभूमिको बिक्री सुरु भएको छ।

Tata
GBIME
Nepal Life

व्यापारिक घराना शंकर ग्रुप अन्तर्गतको प्राइड इम्पोर्ट एक्सपोर्ट ट्रेड प्रालिले यो मोबाइल नेपाली बजारमा ल्याएको हो।यो मोबाइलमा नविन प्रविधि प्रयोग गरिएको कम्पनीको दाबी छ।कम्पनीले आइभूमि,आइभि ५०५,आइभि स्मार्ट फोरजी,मि- १,मि -२, मि- ४ र मि- ५ सहितका ६ मोडलका स्मार्टफोन नेपाली बजारमा ल्याएको छ।

कम्पनीका अनुसार स्मार्टफोन ५ हजार ९ सय ९९ सय रुपैयाँबाट सुरु हुन्छ।आइभुमि इण्डियाका कार्यकारी निर्देशक अश्विन भण्डारीले नेपालको ठूलो व्यापारिक घरानासँग मिलेर मोबाइल बिक्री गर्न पाएकोमा खुशी व्यक्त गरे।प्राइड इम्पोर्टका कार्यकारी निर्देशक राजेश जाटियाले शंकर समूह अन्तर्गत तीन सय भन्दा बढी वितरक र एक लाख भन्दा बढी बिक्री केन्द्र रहेको बताउँदै आइभूमि मोबाइल बिक्रीमा अग्रणी बन्ने दाबी गरे।