BIZMANDU
www.bizmandu.com

ग्लोबल आइएमई बैंक र मेटलाईफ इन्स्योरेन्सबीच सम्झौता, ग्लोबलका ग्राहकलार्इ बीमा सेवा सहज

२०७४ मंसिर २७

काठमाडौं। ग्लोबल आइएमई बैंक र मेटलाईफ इन्स्योरेन्स कम्पनीबीच बीमा सेवा  सम्बन्धी सम्झौता भएको छ। सम्झौता अनुसार बैंकका ग्राहकहरुले  सम्पूर्ण शाखा मार्फत छिटो, छरितो तथा सहजरुपमा मेटलार्इफको बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा लिन सक्ने बैंकले जनाएको छ।

Tata
GBIME
Nepal Life

हालै सम्पन्न बैंकास्योरेन्स सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत  जनक शर्मा पौड्याल तथा मेटलाईफ इन्स्योरेन्स कम्पनीका तर्फबाट उपाध्यक्ष एंव कार्यकारी निर्देशक निर्मल काजी श्रेष्ठले हस्ताक्षर गरे।

ग्लोबल आइएमई बैंकले हाल १०८ वटा शाखाहरु, १४ वटा राजश्व संकलन काउण्टर, १ वटा सिडिएससि काउण्टर, १२५ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर तथा ५३ शाखा रहित बैंकिङ्ग सेवा दिइरहेको छ । 

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुक्त भाईबर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुमा सेवा  दिँदै आएको जनाएको छ।

 बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।