BIZMANDU
www.bizmandu.com

२५ रुपैयाँ भाउ बढाउँदा पनि आयल निगमलार्इ ग्यासमा २ सय ४८ रुपैयाँ घाटा, निगमको घाटा ५३ करोड

२०७४ मंसिर २५

काठमाडौं।नेपाल आयल निगमलार्इ एक सिलिण्डर ग्यासमा २ सय ४८ रुपैयाँ नोक्सानी छ।

Tata
GBIME
Nepal Life

निगमले प्रतिसिलिण्डर ग्यासमा २५ रुपैयाँ बढाएपछि घाटा अढार्इ सय रुपैयाँमा झरेको हो।अन्तर्राष्ट्रिय बजारमा ग्यासको कच्चा पदार्थको मूल्य बढेका कारण निगमलार्इ ग्यासमा नोक्सानी भएको हो।अन्तर्राष्ट्रिय बजारमा जाडोको समयमा ग्यासको खपत बढी हुने भएकोले मूल्य पनि उकालो लाग्छ।

निगमलार्इ हवार्इ इन्धन र मट्टितेल वाहेक अरु सबै पेट्रोलियम पदार्थमा नोक्सानी छ।डिसेम्बरमा आएको मूल्य अनुसार निगमलार्इ पेट्रोलमा लिटरमा १४ पैसा र डिजलमा ५ रुपैयाँ २५ पैसा नोक्सानी छ।निगमलार्इ मट्टितेलमा एक लिटरमा ११ रुपैयाँ ४८ पैसा र हवार्इ इन्धनमा ८ रुपैयाँ ५१ पैसा नाफा छ।निगमलार्इ डिसेम्बर महिनामा मात्रै ५३ करोड रुपैयाँ नोक्सानी हुने प्रक्षेपण गरिएको छ।अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उकालो लागेकोले निगमलार्इ नोक्सानी हुन थालेको हो।