BIZMANDU
www.bizmandu.com

प्रदेश नम्बर ६ बन्यो कांग्रेसमुक्त क्षेत्र, समानुपातिक परिणाम नआउँदै वाम प्रदेश सरकार निश्चित

२०७४ मंसिर २४

काठमाडौँ। प्रतिनिधि सभाको निर्वाचनमा प्रदेश नम्बर ६ बाट नेपाली कांग्रेसको प्रतिनिधि शून्य भएको छ।

Tata
GBIME
Nepal Life

प्रदेश नम्बर ६ मा रहेका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमध्ये कुनैमा पनि नेपाली कांग्रेसका उम्मेदवार विजयी हुन सकेनन्। सबै निर्वाचन क्षेत्रमा एमाले र माओवादीको वाम गठबन्धन विजयी भएको छ।

यद्यपि प्रदेश सभामा भने कांग्रेसले आफ्नो उपस्थिति जनाएको छ। हुम्लाको निर्वाचन क्षेत्र (ख) मा जीवनबहादुर शाही विजयी भएका छन्। उनलाई यो प्रदेशमा कांग्रेसको तर्फबाट मुख्यमन्त्रीको दावेदारका रुपमा हेरिएको थियो। तर सिङ्गो प्रदेश सभामा उनीमात्रै प्रत्यक्ष निर्वाचित सदस्य भएका छन्। प्रदेश नम्बर ६ मा कूल सिट ४० रहनेछ भने प्रत्यक्ष सिट २४ रहेको छ। प्रदेशसभातर्फ दलले ल्याएको मतका आधारमा १६ वटा समानुपातिक सिट बाँडिने छ। 

वाम गठबन्धनको सरकार निश्चित
समानुपातिक सिट गणना नहुँदै यो प्रदेशमा वाम गठबन्धनको सरकार बन्ने निश्चित भएको छ। सरकार बनाउन २१ सिट आवश्यक हुनेमा अहिले नै एमालेले १० र माओवादीले ८ सिटमा विजय हासिल गरिसकेको छ। गठबन्धनको अग्रता ४ सिटमा रहेकोले सुविधाजनक बहुमत पुग्ने देखिन्छ।