BIZMANDU
www.bizmandu.com

निक्षेपमा काठमाडौंको हिस्सा ६८.३ प्रतिशत, घरजग्गाको कारोबारमा उच्च बृद्धि, पर्यटन मौलायो

२०७४ मंसिर २४

निक्षेपमा काठमाडौंको हिस्सा ६८.३ प्रतिशत, घरजग्गाको कारोबारमा उच्च बृद्धि, पर्यटन मौलायो
निक्षेपमा काठमाडौंको हिस्सा ६८.३ प्रतिशत, घरजग्गाको कारोबारमा उच्च बृद्धि, पर्यटन मौलायो

काठमाडौं। घरजग्गा कारोबारमा बढोत्तरी भएको छ। नेपाल राष्ट्र बैंकले गरेको अध्ययन अनुसार एक बर्षमा घरजग्गा रजिष्ट्रेशन संख्या ९ प्रतिशतले बढ्दा त्यस वापत संकलन हुने राजश्व ३९.८ प्रतिशतले उक्लिएको छ।
 

Tata
GBIME
Nepal Life

पर्यटन क्षेत्र पनि विस्तार भएको छ। पर्यटक स्तरीय होटल तथा लजको संख्या ७.९ प्रतिशतले बढेको छ। बेडको संख्या ६.८ प्रतिशतले बढेको छ। यो अवधिमा पर्यटक आगमन पनि २९.२ प्रतिशतले बढेको छ।

 
राष्ट्र बैंकले आफ्नो कार्यालय रहेका काठमाडौं, विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी वरपरका ५७ जिल्लामा गरेको अध्ययनका आधारमा यस्तो तथ्यांक आएको हो।
 
अध्ययन क्षेत्रमा कुल निक्षेप १८.२ प्रतिशतले बढ्दा ऋण विस्तार २२.८ प्रतिशतले भएको छ। निक्षेप संकलनभन्दा कर्जा विस्तार बढि भएका कारण कर्जा-निक्षेप अनुपात ८२.८ प्रतिशतबाट बढेर ८६.१ प्रतिशत पुगेको छ। 
 
निक्षेप संकलन तथा कर्जा प्रवाहमा काठमाडौं क्षेत्रको अंश ठूलो छ। निक्षेपमा काठमाडौं क्षेत्रको हिस्सा ६८.३ प्रतिशत छ भने कर्जा ५१.७ प्रतिशत छ। यद्यपी निक्षेप संकलन हिस्सा नवढे पनि काठमाडौंले अघिल्लो बर्ष ५३ प्रतिशत ऋण विस्तार गरेको थियो।