BIZMANDU
www.bizmandu.com

कांग्रेसका अर्का हेभिवेट विमलेन्द्र निधि पराजित, राजेन्द्र महतो झण्डै ३ हजार मतअन्तरले विजयी

२०७४ मंसिर २४

जनकपुरधाम। नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलाई पराजित गर्दै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो विजयी भएका छन्।
 
यसअघि सर्लाहीबाट चुनाव लड्दै आएका महतो यो पटक धनुषा प्रतिनिधि सभा क्षेत्र नम्बर ३ बाट विजयी भएका हुन्।
 
महतोले ३० हजार ७४२ मत प्राप्त गरेका छन् भने निकट प्रतिस्पर्धी निधिले २७ हजार ८२८ मत पाए। वाम गठबन्धनले अनौपचारिक रुपमा महतोलाई सघाएको थियो। 
 
मतगणनाको सुरुदेखि नै महतोले अग्रता कायम गरेका थिए।

Tata
GBIME
Nepal Life