न्युर्योक । अमेरिकामा चार वर्षपछि बेरोजगारीदर सबैभन्दा कममा झरेको छ । अप्रिल महिनामा अमेरिकाको बेरोजगारीदर साढे सात प्रतिशतमा झरेको छ । यो चार वर्षको सबैभन्दा कम हो । अमेरिकाको श्रम विभागका अनुसार अप्रिलमा १ लाख ६५ हजारले रोजगारी पाएका छन् ।
अर्थविद्हरुले अप्रिल महिनामा १ लाख ४५ हजार मात्रै पाउने प्रक्षेपण गरेका थिए । अमेरिकामा रोजगारीमा आएको सुधारले सेयर बजारमा पनि सुधार आएको छ । न्युर्योको डाउजोन्स १५ हजार विन्दु पार गरेको छ । सेयर बजारमा आएको यो उछाल ऐतिहासिक हो । रोजगारी आएको सुधारले अमेरिकी अर्थतन्त्रपनि सकारात्मक दिशातर्फ जान लागेको संकेत गरेको छ । विश्वबजारमा सन् २००८पछि आएको मन्दीबाट अमेरिकी अर्थतन्त्र अझै सुधारको बाटोमा जान सकेको छैन ।