BIZMANDU
www.bizmandu.com

चितवनमा तीन दिने सुचना प्रविधी सम्मेलन हुने, नेटवर्क र सिष्टममा विद्यार्थीलाई धेरै लाभदायक

२०७४ मंसिर ७

काठमाडौं । इन्टरनेट सेवा प्रदायक एवम् सुचना प्रविधिको क्षेत्रमा कार्यरत व्यक्ति तथा संस्थाहरुको समुह नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एनपिएनओजी) ले सुचना प्रविधी सम्मेलन गर्ने भएको छ। 
 
एनपिएनजिओ-३ नाम यहि मंसिर २३ देखि २५ गतेसम्म चितवनमा सम्पन्न हुने भएको हो। कार्यक्रममा नेटवर्किङ एवम् सुचना तथा सञ्चार प्रविधीको क्षेत्रमा लागेका व्यवसायी साथै प्रविधिको अनुसन्धान,शिंक्षणमा संलग्न व्यक्तिहरुका वीचमा विश्वमा भर्इरहेका उत्कृष्ट अभ्यासका बारे अनुभव आदान प्रदान हुनेछ।
 
 इन्टरनेट प्रविधिबारे जानकारी विषयमा जानकारीका अलावा यस क्षेत्रमा देखापर्ने समस्या र चुनौतीहरुको बारेमा समेत सम्मेलमा छलफल समेत हुने बतार्इएको छ। पहिलो दिन नेटवर्क एडमिनिस्ट्रेसन,दोस्रो दिन सिस्टम एडमिनिस्टेटर र तेस्रो दिन आर्इपीभी सिक्स विषयमा अन्तरकृया हुनेछ।
 
कार्याशाला गोष्ठीमा एनपिनोगका विशेषज्ञहरुका साथै अन्तराष्ट्रिय विशेषज्ञहरुले सहभागीलार्इ ज्ञान एवं अनुभव बाँड्नेछन्। कार्यक्रम स्नातक तह अन्तिम बर्षमा अध्यनरत विद्यार्थी एवम् सुचना प्रविधिको क्षेत्रमा काम गरिरहेकाहरुलार्इ लाभदायक हुने बतार्इएको छ। गोष्ठीमा भाग लिन विद्यार्थीका लागि ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ।

Tata
GBIME
Nepal Life