BIZMANDU
www.bizmandu.com

आइएमइ ग्रुपले ‘टेकओभर’ गरेको तीन बर्षपछि एनबी इन्स्योरेन्स फेरियो, अब आइएमइ इन्स्योरेन्स

२०७४ मंसिर ७

आइएमइ ग्रुपले ‘टेकओभर’ गरेको तीन बर्षपछि एनबी इन्स्योरेन्स  फेरियो,  अब आइएमइ इन्स्योरेन्स
आइएमइ ग्रुपले ‘टेकओभर’ गरेको तीन बर्षपछि एनबी इन्स्योरेन्स फेरियो, अब आइएमइ इन्स्योरेन्स

काठमाडौं। आइएमर्इ ग्रुपले टेकओभर गरेको एनबी इन्स्योरेन्सको नाम र लोगो परिवर्तन गरिएको छ। कम्पनीलार्इ रिब्रण्डिङ गर्न नयाँ नाम 'आइएमर्इ जनरल इन्स्योरेन्स' राखिएको छ। 
 
एनबी इन्स्योरेन्सलाई आइएमइ ग्रुपले दुई बर्ष १० महिनाअघि टेकओभर गरेको थियो। कम्पनी सञ्चालक समितिका अध्यक्ष हेमराज ढकालले समस्याग्रस्त कम्पनीलाई जोगाएर अहिले ब्यवसायिक स्तरमा ल्याएको जानकारी दिए। 


 
नाम तथा लोगो परिवर्तन गरिएको घोषणाका लागि आयोजित कार्यक्रममा सञ्चालकहरु योगेश्वरप्रसाद ढकाल, प्रतापजंग पाण्डे, सुरेश देवकोटा, कुमार पौडेल, योगभक्त बादे तथा आइएमर्इ ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र इन्स्योरेन्सका पूर्वअध्यक्ष अम्बिका पौडेल उपस्थित थियो। 
 
कम्पनी टेकओभर गर्दा २० करोड रुपैयाँ घाटामा थियो। अहिले कम्पनी नाफामा छ। 
 
बजारमा फरक हिसावले प्रस्तुत हुने भन्दै उनले ३६५दिनै सेवा उपलब्ध गराउने ढकालले जानकारी दिए। कम्पनीले मोबाइलमार्फत बीमा योजना ल्याउने भएको छ। 
 
कम्पनीले नयाँ प्रोडक्टको रुपमा एक्सटेन्डेन्ट वारेन्टि पोलिसी, साइवर पोलिसी र बैंक एसुरेन्स पोलिसी ल्याउने भएको छ। कम्पनीको अन्य कम्पनीहरुभन्दा फरक किसिमको तथा व्यवसायिक सेवा दिने हिसावले लगाडि बढ्ने लक्ष्य रहेको ढकालले जानकारी दिए। 
 
बीमा बजारमा जनचेतनाको कमिभइरहेको सन्दर्भमा जनचेतनाका कार्यक्रम पनि अगाडि बढाउने उनले बताए।
 
कम्पनीमा १६६ जना कर्मचारी छन्। सेवा विस्तार गर्न कर्मचारीको संख्या २५० पुर्याउन लगिएको उनले जानकारी दिए। कम्पनीले चालु आर्थिक वर्षमा प्रिमियम संकलन एक अर्ब २० करोड रुपैयाँ गर्ने लक्ष्य रहेकोमा २० करोड रुपैयाँ अहिले नै संकलन भइसकेको कम्पनीले जनाएको छ। 

Tata
GBIME
Nepal Life